आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा एक लाखको अक्ष्यकोष स्थापना


खलंगा, २८ असार । जिल्लाको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर सिंहले एक बिद्यालयलाई एक लाख एक हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । अपाङ्ग बालबालिकाहरुको पढाई व्यवस्थापनमा मद्दत पुग्नेगरी अक्ष्यकोष स्थापना गर्न अधिकृत सिंहले एक लाख एक हजार १सय ११ रुपैयाँ सहयोग गरेका हुन् । आफ्नो जन्म दिनको अबसरमा अधिकृत सिंहले विद्यालयलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

नलगाड नगरपालिका–४ पिपलचौर स्थित जनता प्राथमिक बिद्यालयलाई अधिकृत सिंहले आईतबार एक लाख एक हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । ३३ बर्ष पुरा गरेर ३४ बर्षमा प्रबेश गरेको अबसरमा अधिकृत सिंहले स्रोत कक्षाको अक्ष्यकोष स्थापना गर्न उक्त सहयोग गरेका हुन् । उक्त विद्यालयमा विगत तीन बर्ष पहिलादेखि अपाङ्ग बालबालिकाहरुको पढाई पुरा गर्न विशेष स्रोत कक्षा सन्चालन भएको छ ।

बिषेश स्रोत कक्षामा अध्ययनरत १६ जना बालबालिकाहरुको पढाई लेखाईका लागि आबश्यक पर्ने किताब, कापी, कलम लगाएतका शैक्षिक सामाग्री, खाना तथा खाजा, लत्ताकपडाको व्यवस्थापनमा मद्दत पुग्नेगरी अक्ष्यकोष स्थापना गर्न आफुले सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत सिंहले जानकारी दिए । शारिरिक रुपमा अपाङ्ग भएर विद्यालय पहुँच भन्दा बाहिर रहेका बालबालिकाहरुको आधारभुत शिक्षा सुनिश्चित गर्न संचालन गरिएको बिशेष स्रोत कक्षाको दीर्घकालिन महत्व रहेको प्रमुख प्रशासकीय अधिकृत सिंहको भनाई रहेको छ ।

आमा–बुवा तथा अविभावक नभएका बेसहारा अपाङ्ग बालबालिकाहरुको आधारभुत तहको पढाई पुरा गर्न संचालन गरिएको बिशेष स्रोत कक्षाको अक्ष्यकोष स्थापना गर्न अधिकृत सिंहले आफुलाई एक लाख एक हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेको बिद्यालय व्यवथापन समिति तथा स्रोत कक्षा व्यवस्थापन समिति अध्यक्ष राममाया शाही हमालले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया