अस्थाई प्रहरी पोस्ट छेडाचौरको भवन उद्धघाटन ( फोटो फिचर )

May be an image of one or more people, people standing, tree, road and mountain
खलंगा, २८ असार । जिल्लाको शिवालय गाउँपालिकाको छेडा बजारमा रहेको अस्थाई प्रहरी पोस्टको भवन उद्धघाटन गरिएको छ । सोमबार एक कार्यक्रमका विच उद्धघाटन गरिएको हो ।

उक्त भवनमा शिवालय गाउँपालिकाको ४ लाख ५३ हजार, छेडागाड नगरपालिकाको २ लाख ४० हजार, जुनीचाँदे गाउँपालिकाको १ लाख ४० हजार र जन सहभागितामा ९९ हजार २ सय २५ आर्थिक सहयोगमा उक्त भवन निर्माण गरिएको हो ।

जिल्लामा ट्राफिक नियमलाई व्यवस्थित बनाउन र सवारी साधन दुर्घटनाको जोखिमलाई न्युनिकरण गर्न ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रमुख लक्ष्मण विश्वकर्माले बताए । उनले भने, ‘स्थानीय सरकारहरुको भुमिका महत्वपुर्ण छ, यसले ट्राफिक प्रहरीहरुलाई काम गर्न निकै सजिलो भएको छ ।’

जिल्लामा सवारी साधन दुर्घटना, ट्राफिक नियम कार्यान्वयनलाई व्यवस्थित बनाउन सधै तत्लिन रहेको प्रमुख विश्वकर्माले बताए । जिल्लाका विभिन्न ठाउँहरुमा डमि ट्राफिक प्रहरी, ट्राफिक सङकेत , दुर्घट्ना न्युनिकरण सम्बन्धी जनचेतनामुलक बोर्डहरु राख्ने लगायतका कामहरु भईरहेको प्रमुख विश्वकर्माले जानकारी दिए ।

विगतका ट्राफिक प्रमुखहरु भन्दा अहिले निकै सुधारात्मक काम भईरहेको स्थानीय बताउँछन् ।

 

May be an image of 1 person, sitting, standing and outdoors

 

May be an image of 1 person, sitting, standing and outdoors

May be an image of 1 person, sitting, standing and outdoors

May be an image of one or more people, people standing, tree and outdoors

तपाईको प्रतिक्रिया