फरार प्रतिवादी पक्राउ

May be an image of child
खलंगा, २५ असार । बहुविवाह मुद्दामा फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जाजरकोट अदालतबाट वहुविवाह मुद्धामा २०७७ भदौं ९ गते एक वर्ष ५ महिला १२ दिनको सजाय पाएका प्रतिवादी भेरी नगरपालिका २ रिसागंकी अनिता शाह विकलाई पक्राउ गरेको हो ।

प्रहरी कार्यालय बाट खटिएको टोलीले शुक्रबार आफ्नै घरमा वतनमा बसीरहेको अवस्थामा फेला पारी प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । शुक्रबार नै जिल्ला अदालत जाजरकोटमा बुझाईएको छ । सोही अदालतको आदेश अनुसार कारागार कार्यालय जाजरकोटमा पठाईएको छ ।

तपाईको प्रतिक्रिया