जाजरकोटमा रैथाने वालीको परिकार निमार्ण तालिम संचालन

भुपेन्द्र नेपाली ।
खलंगा, १५ असार । जिल्ला सदरमुकाम जाजरकोट खलंगामा रैथाने वालीको परिकार निमार्ण तालिम संचालन गरिएको छ । कृषि विकास कार्यालय जाजरकोटको आर्थिक सहयोगमा कार्यक्रम संचालन गरिको हो । रैथाने वाली परिकार निमार्ण सम्बन्धी तालिम दिई होटल व्यवसासलाई अझ सशक्त बनाउने उदेश्यले यो कार्यक्रम संचालन भएको हो ।

यस तालिममा सहभागी भएकाहरुलाई तालिम दिई उनीहरुलाई त्यस्ता स्थानिय रैथाने वालीहरुबाट निमार्ण गरिने प्ररिकारहरु निमार्ण गर्ने उदेश्यले यो तालिम संचालन गरिएको कृषि विकास कार्यालय जाजरकोटका प्रमुख गणेश बहादुर अधिकारीले बताए । उक्त तालिम प्रक्षिक काम पाताराषी गाउँपालिका ६ जुम्लाकी रमा भन्डारीले गरेकी छन् ।

यस तालिममा मकै, कोदो,फपरको केक,डोनड,नम्किन,मम निमार्ण सम्बन्धी तालिम प्रदान गरिने प्रक्षिक रमा भन्डारीले जानकारी दिईन् । तालिम अबधी छोटो भएको हुदा तालिममा थोरै कुराहरु सिकाउन सकिने भन्डारीको भनाई रहेको छ । उनका अनुसार तिन दिने ‘रैथाने वालीको परिकार निमार्ण तालिम’ सोमबार सुरु भएको हो । उक्त तालिम बुधबार सम्पन्न हुनेछ । यस्ता तालिमहरुमा आफुहरु सहभागी हुन पाउँदा आफुहरु निकै हर्षित भएको तालिममा सहभागीहरुको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया