११ असार २०७८, शुक्रबार
ताजा खबर
  

डोल्पाको मुड्केचुला : चार वर्षमा आठ प्रमुख प्रशासकीय अधिकृत

सबै वडामा छैनन् वडामा सचिव

No description available.

डोल्पा, ११ असार : मुड्केचुला गाउँपालिका डोल्पामा यूवाहरुले शुक्रवार दिउँसो तालाबन्दी गरेका छन् । यूवाहरुले बिभिन्न माग राखेर तालाबन्दी गरेका हुन् । चार वर्षको अवधीमा आठ जना प्रमुख प्रशासकीय अधिकृत बदलेको , पालिका भरिका सबै वडामा वडा सचिव नभएको भन्दैले काममा समस्यामा परेको भन्दै यूवाहरुले तालाबन्दी गरेका छन् ।

जम्मा ९ वटा वडा रहेको मुड्केचुला गाउँपालिकामा सचिवको संख्या जिरो रहेको छ । कार्यालयमा रहेर करारका काम गरिरहेका कर्मचारीलाइ नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतले हटाउने धम्की दिएपछि कार्यालयको काम प्रभावित भएको यूवाहरुले आरोप लगाएका छन् ।

गाउँपालिकाका अध्यक्ष लगाएतको टिमलाइ जानकारी नदिएर प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठ असारमा भुक्तानी दिने समयमा काठमाडौँ गएर महिना दिन बिताएको समेत यूवाहरुले आरोप लगाएका छन् । तिव्र राजनीतिक हस्तक्षेपका कारण गाउँपालिकाको काम प्रभावित भइ जनताको काम ठप्प बनाएको यूवाहरुको आरोप छ ।

गाउँपालिकाका अध्यक्ष नेकपा ( माओवादी केन्द्र) ले जितेको थियो भने उपाध्यक्ष नेकपा एमाले अध्यक्ष केपी औली समर्थकले जितेका कारण राजनीतिक द्धन्द्धका कारण पालिकाका कामहरु प्रभावित हुँदै आएको छ । पालिकाको काम हुँन नदिनका लागि केन्द्रबाट कर्मचारी सरुवा गर्ने र गुटगत काम गर्ने कर्मचारी पठाएर मुड्केचुलाको भविश्य संकटमा पारेको भन्दै यूवाहरुले तालाबन्दी गदै बताएका छन् ।

गाउँपालिका भित्र अहिले सम्मा कुनै पनि प्रशासनिक काम र आर्थिक कारोबार हुँन नसकेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत कहाँ कहाँ जानुहुन्छ मलाइ जानकारी नै हुँदैन ।

गाउँपालिकामा महिना दिन पनि हाजिर नभएको र कार्यालयमा आउदा १० देखि १४ जना यूवाहरु अगुवा ,पछुवा लगाएर कार्यालय र बास स्थान सम्म पुग्ने गरेको स्थानीय यूवा रुपक कुलालले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकाकी उपाध्यक्ष सविताकुमारी रोकाय लगाएतको गुटको योजना अनुसार मात्र चल्दा काम गर्न मुस्किल भएको कर्मचारीहरु बताउँछन् ।

कार्यालयमा काम गर्ने वातावरण नै छैन , एक कर्मचारीले नाम नवताउने सर्तमा भने । डोल्पाका सत्ताधारी दलका केन्द्रीय नेतृत्वमा रहेका नेताहरुको दवावका कारण मुड्केचुलामा कर्मचारी फरबदल गर्ने र कुनै काम हुँन नदिने गरेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनुभयो । कोरोनाका समय समेत प्रमुख प्रशासकीय अधिकृत सरुवा गरिदा काम गर्न नसकेको र अहिले समेत नयाँ आएका अधिकृत सँग दुइपटक मात्र भेट भएको अध्यक्ष शाहीले बताउनुभयो ।

उत्ता प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आफू बाध्यताले मात्र गाउँपालिकामा फर्केर आएको , फर्कन कुनै बिचार नरहेको बताएका छन् ।