जुनिचाँदेमा इन्जिनियर सहित ६ कर्मचारी सम्मानित


खलंगा, ११ असार । जिल्लाको जुनीचाँदे गाँउपालिकाले इन्जिनियर सहित कार्य सम्पादनमा उत्कृष्ट ६ जना कर्मचारीलाई सम्मान गरेको छ । छैटौ गाँउ सभाको बैठकमा बर्षभरीमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गरिएको हो ।

गाउँपालिकाका ईन्जिनियर प्रेमप्रकाश खत्री, गाउँ कृषि शाखा प्रमुख भिम केसी, वडा सचिव ममता डिसी., रोजगार संयोजक धनबहादुर बस्नेत, नायब सुब्बा गणेश बस्नेत र गाँउ स्वास्थ्य शाखा सह संयोजक खेमराज बस्नेतलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको हो ।

गाँउ सभामा गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य र प्रमुख प्रशासकिय अधिकृत दीपककुमार शाहीले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेका हुन् ।

सम्मानित हुने कर्मचारीहरुले र्छैटौ गाँउसभा तथा बजेट सभाको अवसरमा सम्मान गरेर थप हौसला र उत्प्रेरणा प्रदान गर्नु हुने सरकार प्रमुख, प्रशासकीय अधिकृत, सम्पुर्ण गाँउसभा सदस्य प्रति धन्यवाद तथा अभार प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया