चौरजहारी नगरपालिकाले ल्यायो झण्डै ५९ करोड बजेट (पूर्णपाठ सहित)

चौरजहारी नगरपालिकाले ल्यायो झण्डै ५९ करोड बजेट (पूर्णपाठ सहित)
चौरजहारी, १० असार । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि झण्डै ५९ करोड बजेट ल्याएको छ । नगर उप–प्रमुख राधा रोकाले आज नगर सभामा आगामी आर्थिक वर्षको लागि ५८ करोड ६५ लाख ६९ हजार बजेट पेश गर्नुभयो । कूल विनियोजित बजेट मध्य चालू तर्फ ३८ करोड ४७ लाख ६९ हजार अर्थात् ६५.६० प्रतिशत रहेको छ । पूँजीगत तर्फ भने १८ करोड ९८ लाख अर्थात् ३२.३६ प्रतिशत रहेको छ । त्यस्तै वित्तीय व्यवस्था तर्फ १ करोड २० लाख बजेट रहेको छ । यो कुल बजेटको २.०५ प्रतिशत हो ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक राजश्वबाट ३ करोड, संघीय सरकार वित्तीय समानीकरण अनुदानबाट १० करोड ७० लाख, संघीय सरकार सशर्त अनुदानबाट २४ करोड २९ लाख, संघीय सरकार राजश्व वाँडफाँटबाट ७ करोड ९७ लाख ४७ हजार, संघीय सरकार समपूरक अनुदानबाट २१ लाख र संघीय सरकार विशेष अनुदानबाट २ करोड ५० लाख प्राप्त हुने बताएको छ ।

त्यस्तै प्रदेश सरकार वित्तिय समानीकरण अनुदान १ करोड १३ लाख २९ हजार, प्रदेश राजश्व वाँडफाँट ५ लाख ६६ हजार, प्रदेश सरकार सशर्त अनुदान २ करोड ८४ लाख २७ हजार, प्रदेश सरकार समपूरक अनुदान २ करोड ५ लाख, प्रदेश सरकार विशेष अनुदान ७० लाख रहेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा खर्च नभई बचत हुन जाने रकम २ करोड पनि आगामी वर्ष खर्च हुने छ । नगरपालिकाले आन्तरिक ऋण तर्फबाट १ करोड २० लाख व्यहोर्ने प्रक्षेपण गरेको छ ।

तपाईको प्रतिक्रिया