
खलंगा, १० असार । जिल्लाको नलगाड नगरपालिका जाजरकोटले आठौं नगरसभामा ५६ करोड ८६ लाख ८४ हजारको बजेट प्रस्तावत गरेको छ ।
उपमेयर बाल कुमारी बस्नेतले नगरसभाको बजेट बक्तव्यमा ५६ करोड ८६ लाख ८४ हजारको बजेट प्रस्तावत गरेकी छन् ।
यस्तै मेयर टेकबहादुर रावलले आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए । मेयर रावलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य तथा सरसफाई क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
मेयर रावलले बुधवार आठौ नगरसभा पानसमा बत्ति बालेर औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

















































। १० असार २०७८, बिहीबार