छेडागाड नगरपालिकामा ६७ करोड २१ लाखको बजेट


खलंगा, १० असार । जिल्लाको छेडागाड नगरपालिका जाजरकोटले दशौ नगरसभामा तथा पाँचौ वजेट अधिवेशनमा कुल ६७ करोड २१ लाखको बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख सरीता वलीले दशौ नगरसभा तथा पाँचौ वजेट अधिवेशनमा ६७ करोड २१ लाखको बजेट प्रस्तुत गरेकी हुन् ।

यस्तै नगर प्रमुख लाल बहादुर महताराले आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक के.सी.ले जानकारी दिए ।

नगर प्रमुख महताराले प्रस्तुत गरेको नगरपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, सडक लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको प्रशासकीय अधिकृत झलक के.सी.ले बताए । नगर प्रमुख महताराले दशौ नगरसभा तथा पाँचौ वजेट अधिवेशनको उदघाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया