कुशे गाउँपालिकामा ४८ करोड २९ लाख ७४ हजारको बजेट

खलंगा, १० असार । कुशे गाउँपालिका जाजरकोटले १० औ गाउँसभामा ४८ करोड २९ लाख ७४ हजारको बजेट विनियोजन गरेको छ ।

गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष रामछाया कुमारी शाहीले गाउँसभाको बजेट बक्तव्यमा ४८ करोड २९ लाख ७४ हजारको बजेट विनियोजन गरेको गाउँपालिकाका बालकल्याण अधिकारी किरणराज आर.सी. ले बताए ।

अध्यक्ष बस्नेतले प्रस्तुत गरेको गाउँपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, सडक लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । अध्यक्ष बस्नेतले पानसमा बत्ति बालेर औपचारिक रुपमा गाउँसभाको उदघाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया