मुख्यमन्त्रीलाई गृहजिल्लामै कालो झण्डा


सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला कालीकोटमा कालो झण्डा देखाइको छ ।

बिहीबार नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका कार्यकर्ताले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई कालो झण्डा देखाएर विरोध गरेका हुन् ।

कालीकोटको सदरमुकाम मान्मबाट नरहरिनाथ गाउँपालिकाको नीति तथा कार्यक्रम उद्घाटन गर्न जाँदै गर्दा कालो झण्डा देखाइएको हो । मुख्यमन्त्री शाही र कृषिमन्त्री कुर्मराज शाही स्थानीय तहको बजेट कार्यकक्रममा सहभागी हुनका लागि कालीकोट पुगेका थिए ।

मुख्यमन्त्री र मन्त्रीलाई सरकारी बजेटको दुरुपयोग गरी हेलिकप्टर चढेर गृह जिल्ला कालीकोट आएको भन्दै विद्यार्थीले विरोध गरेको बताइएको छ ।

उक्त विरोध प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। प्रहरीसँगको सामान्य झडपमा दुई प्रदर्शनकारी घाइते भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया