सेभ द चिल्ड्रेनले दियो स्वास्थ्य सेवा कार्यालयलाई ११ लाखको स्वास्थ्य सामग्री

May be an image of 1 person, standing and outdoors
खलंगा, ८ असार । सेभ द चिल्ड्रेनले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई ११ लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ ।

कोरोनाले स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री, अभाव भएको वेला मंगलबार जिल्ला स्वास्थ्य कार्यालयलाई ११ लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको पाँचतारा यूवा संरक्षक मञ्च जाजरकोटका मिल अधिकृत मधुकर पाण्डेले जानकारी दिए ।

उनका अनुसार अस्पताललाई ९ वटा अक्सिजन सिलिन्डर, ५ वटा अक्सिजन कन्सन्ट्रेटर पीपीइ सेट १ सय थान, मास्क, सेनिटाइजर लगायत ११ लाख ९ हजारको स्वास्थ्य सामग्री सहयोग गरेको हो । स्वास्थ्य सामग्री अभावको वेला महामारी रोक्नमा ठुलो सघाउ पुग्ने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख टिकाराम जैसीले बताए ।

साथमा संस्थालाई जैसीले धन्यवाद समेत व्यक्त गरेका थिए । पाँचतारा यूवा संरक्षक मञ्चको समन्वयमा स्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । सेभ द चिल्ड्रेनले यस अघि पनि कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

तपाईको प्रतिक्रिया