भेरीका किसानलाई भैँसी

May be an image of 3 people, animal and grass
खलंगा, ८ असार । जाजरकोटको भेरी नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा उन्नत भैंसी वितरण गरेको छ ।

नगरपालिकाको पशु सेवा शाखाबाट वडा नं. १३ रोकायगाउँ कृषक समुहका किसानलाई उन्नत जातको भैंसी दिइएको हो । उक्त समुहका १० जना किसानलाई मुर्रा क्रस जातको गर्भिणी भैँसी वितरण गरेको पशु सेवा शाखाका प्रमुख रतन डाँगीले जानकारी दिए ।

May be an image of standing, grass, cloud and tree

संघीय सरकारको २१ लाख ७० हजार र नगरपालिकाको २१ लाख ७० हजार शसर्त अनुदानमा नगरपालिका भित्रका ८, ११, १२, १३ वडाका ४ समुहलाई उन्नत जातको भैंसी वितरण गरिनेछ ।
ढुवानी सहित कृषक समुहले २० प्रतिशत खर्च व्यहोर्नुपर्नेछ ।

May be an image of 1 person, standing, animal and outdoors

पछिल्लो समय भैसीपालन व्यवसाय लोप हुदै गएकोमा नगरपालिकाले अनुदानमा भैसी वितरण गरेपछि यहाँका किसान निकै खुशी भएका छन् । नगरपालिकाको प्रशंसा योग्य काम भएको समेत स्थानीय वुद्धिजिवीहरुको भनाई छ ।

May be an image of animal and grass

तपाईको प्रतिक्रिया