जोखिममा परेका बालबालिकाका परिवारलाई कुशेमा राहत

 जाजरकोट । कुशे गाउँपालिकामा जोखिममा परेका बालबालिकाका परिवारलाई राहत बितरण गरिएको छ । गाउँपालिकाको वडा नं १ देखि ९ वटै वडाहरूमा निकै जोखिम अबस्थामा रहेका बालबालिकाका परिवारलाई राहत बितरण गरेको गाउँपालिकाका बालकल्याण अधिकारी किरणराज आर.सी.ले बताए ।

सम्बन्धीत वडा बाल अधिकार समितिले प्राथमिकिकरण गरी छनोट सिफारिसमा परेका १ सय १५ जना बालबालिकाहरूका घरपरिवारलाई कुशे गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको आर्थिक सहयोगमा करिब पाँच लाख बराबरको खाद्यान्न चामल, दाल, नुन, तेल, साबुन, मास्क, स्यानिटाईजर, कापी, कलम लयातको राहत सामग्री वितरण गरेको बालकल्याण अधिकारी आर.सी.ले बताए ।

निकै जोखिम अबस्थामा रहेका बालबालिकाहरूलाई तत्काल उद्दार, राहत तथा क्षतिपूर्ति समेत दिने कार्यका लागि गाउँपालिका स्तरिय बालकोषको स्थापना समेत गरेको उनको भनाई छ ।

बालकल्याण अधिकारी आर.सी.ले भने, ‘बाबु आमा दुईटै गुमाएका, आर्थिक रूपमा निकै कमजोर परिवारका बालबालिका, संरक्षण बिहिन बालबालिका, शारिरीक रूपमा अपांगता, अनाथ श्रसमक बालबालिका, बालविवाह बाट प्रभावित, बाबु आमालाई गम्भीर प्रकृतिको शारिरीक तथा मानसिक अपांगताको कारण उचित हेरचाह नपाएका बालबालिका तथा बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ४८ मा ब्यबस्था भए बमोजिम बिशेष संरक्षणको आवश्यकता भएका बालबालिकाहरूलाई राहत उपलब्ध गराएका छौ ।’

विश्व महामारीको रूपमा फैलिएर सारा बिश्व समुदायलाई आक्रान्त पारिरहेको नोबेल कोरोना भाईरसको नयाँ भेरियन्ट सहितको तिब्र संक्रमण नेपालमा पनि दिन प्रतिदिन बढिरहेकोले यसको प्रत्यक्ष प्रभाबबाट बालबालिकाहरू अझ झन बढी प्रभाबित हुन सक्ने भएकाले यसबाट जोगिन सजगता पूर्वक स्वास्थ्य सावधानी अपनाई अनावश्यक हिडडुल नगरी सुरक्षित तवरले घरमै रहन समेत उनले आग्रह गरे । राहत वितरण कार्यक्रममा पहाडी क्षेत्र विकास अभियान जाजरकोटका सामाजिक परिचालन अधिकृत सन्तोष कुमार पुनको समेत उपस्तिथि रहेको उनले जानकारी दिए ।#lalawaj#

तपाईको प्रतिक्रिया