९ छाक भोकै बसेकी आमालाई अखिल (क्रान्तिकारी) जाजरकोटको सहयोग

खलंगा, ६ असार । नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) जाजरकोटले ९ छाक भोकै बसेकी एक वृद्ध आमालाई आर्थीक सहयोग गरेको छ ।

आइतबार संगठनका जिल्ला अध्यक्ष विराजन शाही, उपाध्यक्ष दिपेन्द्र सिंह र पीपलडाँडाकी यशोधा वली वृद्ध आमाको घरमा पुगि २ हजार ५० रुपैयाँ आर्थीक सहयोग गरेका हुन् ।

No description available.

कोरोना महामारीका कारण मजदुरी गर्न नपाएको र घरमा खाद्यान्न अभाव हुदाँ ९ छाक भोकै बसेकी छेडागाड नगरपालिका ११ झाप्राकी सुकिली वरलाई खाद्यान्नमा सहयोग पुग्ने हेतुले २ हजार ५० रुपैयाँ दिएको अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष विराजन शाहीले बताए ।

No description available.

वर अहिले भेरी नगरपालिका ३ पिपलडाँडामा सानो छाप्रो बनाई बसेकी छन् ।

यो पनि पढ्नुहोस् :

बस्ने छैन बास, खाने छैन गास,छाप्रोमुनी भगवानको आस !

तपाईको प्रतिक्रिया