कालीको पहलमा विनोद र धर्मले गरे खाद्यान्न सहयोग


खलंगा, ५ असार । साहाराविहीन एक महिलालाई खाद्यान्न सहयोग गरिएको छ । पत्रकार कालीबहादुर नेपालीको पहलमा गंगाचन्द्र मिडिया प्रा.लिका प्रबन्ध निर्देशक विनोद कुमार घर्ती र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका शाखा प्रमुख धर्मबहादुर बस्नेतले खाद्यान्न सहयोग गरेका हुन् ।

छेडागाड नगरपालिका ११ घर बताउने ७१ बर्षिया सुकिली वर (च्यारु) खाद्यान्न अभावमा तीन छाक भोकै बसेको समाचार स्टार टिभी नेपालमा प्रकाशन भएपछि घर्ती र बस्नेतले खाद्यान्न सहयोग गरेको पत्रकार कालीबहादुर नेपालीले बताए ।

जसअन्तर्गत गंगाचन्द्र मिडिया प्रा.लिका प्रबन्ध निर्देशक विनोद घर्तीले २ केजी दाल, १ पोका नुन, १ लिटर तेल, टर्चलाइट, ५ वटा रेडियोका व्याट्री, २ सय बरावरको अगरवत्ती सहयोग गरेका थिए भने शाखा प्रमुख बस्नेतले २५ केजीको एक बोरा चामल र ५ सय नगद सहयोग हस्तान्तरण गरे । आमाको घरमा एक दुई छाक टार्नका लागि सहयोग गर्न पाउँदा आफु निकै खुशी भएको निर्देशक घर्तीले बताए ।

उनले भने, “कोरोना भाइरसको वेला काम गरेर खाने मजदुर परिवार मध्येकी साहाराविहीन आमालाई खाद्यान्न सहयोग गर्न पाउँदा म निकै खुशी छु ।” सबैले साहाराविहीन आमालाई सहयोग गर्नुपर्ने समेत बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोट शाखाका प्रमुख बस्नेतले यस्तो पीडामा रहेकी आमालाई सबैले सहयोग गर्नुपर्ने बताए ।

स्थानीय सरकारले उचित व्यवस्था गरी सहयोगको पहल गर्नुपर्ने उनको भनाई छ । आफुले कार्यालयमा आउँदा पटकपटक खाद्यान्न सहयोग गरिरहेको समेत बस्नेतले बताए । अहिले उनी भेरी नगरपालिका ३ पीपलडाँडामा चुहिने घरमा बसिरहेकी छन् ।
भिडियोका लागि ः
https://www.youtube.com/channel/UCw3MPBUAh3SWqgAqSgKNfTw

तपाईको प्रतिक्रिया