जाजरकोटमा निषेधाज्ञा असार १४ सम्म थपियो, के गर्न पाईन्छ, के गर्न पाईदैन् ? (हेर्नुहोस सुचनासहित)

खलंगा, ६ असार । जिल्ला प्रशासन कार्यालयले आईतबार निषेधाज्ञा थप गरेको छ । प्रशासन कार्यालयले आगामी असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आईतबार सम्पन्न बैठकले कोभिडको संक्रमण दर घट्दै गएपनि संक्रमणको जोखिम उस्तै रहेकाले निषेधाज्ञा थप गरिएको डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले बताए ।

बैठकको निर्णय अनुसार खाद्यान्न, फलफूल, माछामासु, दूध डेरी, पुस्तक र हार्डवेयर पसल बिहान ६ देखि १२ बजेसम्म खोल्न पाइनेछ । बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्न दिने निर्णय भएको छ ।

निर्णहरु यस्तो छ :

No photo description available.

तपाईको प्रतिक्रिया