जनप्रतिनिधीको मनोमानी : रातारात उपभोक्ता समिति, पूर्वाधार कार्यालयमा उजुरी

No description available.

खलंगा, ३१ जेठ । जिल्लाको भेरी नगरपालिका ३÷४ वडामा सञ्चालित राम मन्दिर हुदैं ठाँटी जोड्ने सडक खण्डमा जनप्रतिनिधीले मनोमानी उपभोक्ता समिती गठन गरेको स्थानीयले आरोप लगाएका छन् ।

स्थानीय उपभोक्ताहरुलाई नबोलाई जनप्रतिधीका पहुँचका मानिसहरुलाई बोलाई समिती गठन गरेको आरोप लगाएका हुन् ।

 

रातारात जनप्रतिनिधीको सक्रियतामा उपभोक्ता समिती गठन गरी काम शुरु गरेको भन्दै स्थानीयले पुर्वाधार विकास कार्यालय जाजरकोटमा निर्माण गरेको समितीका विरुद्ध उजुरी दर्ता गरेका छन् ।

उपभोक्ता समिती गठन गुर्नपर्ने प्रक्रिया नै पूरा नगरी वडाका जनप्रतिनिधी सहितको मिलेमतोमा कोठामा एकाध व्यक्तिहरु वसी उपभोक्ता समिती गठन गरेको हुदाँ पुनः उपभोक्ता समिती गठनका लागि निवेदन दिएको स्थानीय जगत शाहीले जानकारी दिए ।

उनले भने, ‘हामी कसैलाई सम्पर्क नगरी जनप्रतिनिधीको सक्रियतामा रातारात उपभोक्ता समिती गठन गरियो, न प्राविधिक स्टमेट छ, न त स्थानीय उपभोक्ता संग कुरा भएको छ ।’ वडा नं ४ का सदस्य विष्णु भडेलले आफ्ना निकटका व्यक्तिहरुलाई बोलाई समिती गठन गरे ।’

उनी संगै स्थानीय अनुप कार्की, धीरेन्द्र जंग शाह, ओमप्रकाश केसीले पूर्वाधार विकास कार्यालयमा उजुरी दिएका छन् । यता पूर्वाधार विकास कार्यालय जाजरकोटले उक्त निवेदन दर्ता गरी पुनः उपभोक्ता समिती गठन गरी काम गर्न भेरी नगरपालिकालाई आग्रह गरेको छ ।

विवाद कायम रहेमा उक्त योजना संञ्चालन नहुने समेत जानकारी गराईएको छ । चालु आ.व. २०७७÷०७८ रामजानकी सडक निर्माण भनी कार्यालयले २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

No description available.

यता वडा सदस्य विष्णु भडेलले सबैको सहमतीमा उपभोक्ता समिती गठन गरेको बताए । उनले भने, ‘हामीले सबैको सहमतिमा उपभोक्ता समिति गठन गरेका हौँ, त्यहाँको आवश्यकता पहिचान गरी काम अगाडी बढाईएको छ ।’

हामीले यहाँको जनताको हितका लागि काम गरेका छौं, कसैले विरोध गर्न आवश्यक छैन् ।’ सबैको सहमति पछि उपभोक्ता समिती गठन गरेका हौँ ।’

No description available.

तपाईको प्रतिक्रिया