भेरीको टोलटोलमा स्वास्थ्यकर्मी, संक्रमितलाई फोन बाट समेत परामर्श

May be an image of one or more people, people standing and outdoors
खलंगा, ३१ जेठ । भेरी नगरपालिकाले कोरोना संक्रमितहरुको घरघर पुगेर परीक्षण र उपचार सेवा दिँदै आएको छ । स्वास्थ्यकर्मी पुग्न नसकेको ठाउँमा फोनमार्फत परामर्श दिँदै आएको छ ।

सबै वडाका बस्ती तथा घरमा जनप्रतिनिधिका स्वास्थ्यकर्मीको टोली पुगेर कोरोना परीक्षण गर्दै आएको छ । यस्तै, अन्य रोगबाट पीडित बिरामीहरुको उपचार समेत गरेको छ। कोरोना संक्रमित बढ्न थालेपछि स्वास्थ्यकर्मीको टोली टोलटोलमा गएर संक्रमित खोज्न थालेको हो ।

नगरपालिकाभित्रका प्रायः संक्रमित होम आइसोलेसनमा छन् । नगरको स्वास्थ्य शाखाले कन्ट्याक ट्रेसिङ्ग टिम (सिआइसिटी) बनाएर टोलटोलमा खटाएको छ । टोलीले परीक्षण गर्ने, संक्रमित खोज्ने र परामर्श दिने काम गरिरहेको छ ।

नगर स्वास्थ्य शाखाका यज्ञनाथ गौतमको नेतृत्वमा रहेको ६ जनाको उक्त टिममा परिक्षणका लागि तालिम प्राप्त ल्याव टेक्निसियन र तीनजना पारामेडिक्स स्वास्थ्यकर्मी छन् ।

टोलीले वडाध्यक्ष, हेल्थपोष्ट र मासिका सँग समन्वय गरेर कन्ट्याक ट्रेसिङ गरी शंकास्पदको परीक्षण गर्ने, जनचेतनामुलक परामर्श दिने काम गरिरहेको टिम प्रमुख गौतमले बताए । होम आइसोलेसनमा रहेका संक्रमितको मोबाइल नम्बर लिएर मोवाइलबाटै परामर्श सेवा दिइरहेको बताए ।

तपाईको प्रतिक्रिया