
पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले शपथ लिएका छन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलसहित पाँच जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष शनिबार शपथ लिएका हुन् ।
तत्काललाई ११ वटै मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफैँसँग राखेका छन् ।
मन्त्रीमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रीको शपथ लिएका हुन् ।
उनीहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।
















































। २९ जेष्ठ २०७८, शनिबार