
खलंगा, २९ जेठ । कर्णाली प्रदेशसभा सदस्य कौशिला खत्रीले कर्णाली प्रदेश सरकारद्वारा ल्याइएको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया दिएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिएकी हुन् ।
उनले फेसबुकमा लेखेकी छिन्, ‘कर्णाली प्रदेश सरकारको २०७८ को नीति तथा कार्यक्रम कुहिरोको काग र गन्तव्यहीन यात्री जस्तो अनि भरणपोषणमा लिप्त ।’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको नीति तथा कार्यक्रम शनिबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गरेको थिए । उक्त नीति तथा कार्यक्रमप्रति प्रतिक्रियाहरु आउन थालेका छन् ।
















































। २९ जेष्ठ २०७८, शनिबार