कविता
तिम्रा मुक्तिका कथा हाल्दा हाल्दै
म जनयुद्धमा कुदे
समाजवादमा कुदे
देशकै लागि वादै वादका विवादमा
तिम्रा मुक्तिका लागि आधा कथामा बाँची रहे ।
तिम्रो मुक्ति एकै दिनमा सम्भव छैन
त्यसैले त म भन्छु ।
जनयुद्धको योगदानको पीडा नर्विस
बमको आवाज र त्रासदी नर्विस
जाडोमा मरेको तिम्रो साथी नर्विस
खाली पेटको भोक लडेको पनि नर्विस
शोक र सहिद पनि नर्विस
एक दिन तिमी मुक्त हुनेछौ ।
वस तिमी मुक्त आकाश हेर
तारा हेर
जुन हेर
बिगत हेर
यी सबै तिम्रा हुन् ।
तिनीहरु म जस्तै हुन्
झिपिक झिपिक गोलीका सर्का
माथी आकाशमा बर्सेका एटिका बम
तिम्रो कथा हाल्छन्
मुक्तीका गीत गाउँछन्
मुक्तिका कथा हाल्छन् ।
तिनीहरु म जस्ता पनि होइनन्
आफ्नै वादको डोरिमा कस्सिएर
पराश्रीत छैनन्
आफ्नै वाद बाट मुक्ती खोज्दैनन् ।
आफ्नै वाद बाट उन्मुक्ती खोज्दैनन् ।
उनीहरु वादको खेती गरर्दैनन्
मुक्ती बेच्दैनन् ।
सहिद बेच्दैनन् ।
किन्ने त म जस्ता अपांग सँग हो
तर तिमी किन्न पनि त सक्दैनौ मुक्ति ।
त्यसैले त म भन्छु
सहयात्री जनयुद्धको पीडा नबिर्स
बम वाढिको त्रासदी नबिर्स
जाडोमा मरेको तिम्रा साथी नविर्स
अनि मात्र तिम्रो मुक्ती सम्भव छ ।
जाजरकोट सन्दर्भ घायल
हाल कार्यरत मलेसिया
















































। २९ जेष्ठ २०७८, शनिबार