जुनीचाँदेमा जटिल अवस्थाकी गर्भवतीको हेलिकप्टरबाट उद्दार

खलंगा, २९ जेठ । जुनीचाँदे गाउँपालिकाले जटिल अवस्थामा रहेकी एक गर्भवतीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट उद्दार गरेको छ ।

जुनीचाँदे गाउँपालिका वडा नं ३ निवासी २० वर्षीया विष्णु बस्नेतलाई मजकोट स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा भर्ना गरिएको र अवस्था जटिल भएपछि नेपाली सेनाको हेरिकप्टरबाट थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको स्वास्थ्य शाखाका प्रमुख प्रेम बहादुर शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया