अनेमसंघ (क्रान्तिकारी) जाजरकोटको संयोजकमा हमाल

खलंगा, २७ जेठ । नेकपा(माओवादी केन्द्र)को अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जाजरकोटको संयोजकमा नेतृ राममाया हमाललाई जिम्मेवारी दिएको छ ।

नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ(क्रन्तिकारी)को नेतृत्व बाँडफाँडमा हमाललाई जाजरकोटको जिम्मेवारी दिएको हो । नेकपा विभाजनपछि माओवादीले पार्टी देखि भातृसंघ संगठनको नेतृत्व चयन गरिरहेको छ । कर्णाली प्रदेशका दशै वटा जिल्लाको इन्चार्ज,सहइन्चार्ज र अध्यक्षको टुंगो लगाइसकेको छ ।

जाजरकोट जिल्लाको ईन्चार्जमा पार्वती थापा र सह ईन्चार्जमा कृष्णा शाहलाई जिम्मेवारी तोकिएको छ । जनयुद्धकालदेखी हालसम्म नेकपा (माओवादी केन्द्र)मा निरन्तर लागि परेकी नेतृ हमला राजनैतिक निकै सक्रिय रहेकी छन् । शसस्त्र जनयुद्धको समयमा सक्रिय राजनितीमा हुम्मिएकी हमाल हाल सम्म सक्रिय महिला नेतृको रुपमा परिचित छन् । नलगाड नगरपालिकाको प्रवक्ता समेत रहेकी हमाल समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।

तपाईको प्रतिक्रिया