सेभ द चिल्ड्रेनद्धारा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

No description available.
खलंगा, २७ जेठ । सेभ द चिल्ड्रेनले स्वास्थ्य सेवा कार्यालयलाई चार लाख ७५ हजार बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पाँचतारा यूवा संरक्षक मञ्च जाजरकोटको समन्वयमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई चार लाख ७५ हजार ८ सय ४३ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

बुधबार पाँचतारा यूवा संरक्षक मञ्च जाजरकोटमा कार्यरत अनुगमन,मूल्यांकन,जवाफदेही तथा सिकाई अधिकृत मधुकर पाण्डेले जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा कार्यरत डा. अमिन शाहलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । पाण्डेका अनुसार, जिल्ला स्वास्थ्य कार्यालयलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अक्सिजन कन्सेटन्ट्राटर २ सेट, स्प्रे कन्टेनर १० ओटा, सर्जिकल ग्लोव्स ५ सय जोडा, युटिलरी ग्लोव्स २० जोडी, सेनिटाईजर ५ सय मि.ली. का ५० बोतल हस्तान्तरण गरेको छ । उक्त सामग्री वुझ्दै डा. शाहले सहयाेगी निकायलाई धन्यवाद व्यक्त गरे ।

कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्ट देखिए संगै जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भईरहेको वेला सहयोग गर्नु निकै महत्वपुर्ण कार्य गरेको समेत शाहको भनाई छ । सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चले आफ्नो कार्यक्षेत्रमा आईपरेका यस्ता विभिन्न् प्राकृतिक तथा मानवीय प्रकोपमा आवश्यकता पहिचान गरी सहयोग गर्दै आइरहेको छ ।

विपतको बेला पनि सरकारसंग सहकार्य गरी समस्या समाधानको लागि अन्र्तराष्ट्रिय सामाजिक संस्थाको रुपमा आफ्नो उपस्थिति जनाउने अवसर समेत सेभ द चिल्ड्रेनले लिएको छ । यस अघि पनि स्वास्थ्य कार्यालयलाई ४ लाख २७ हजार १ सय १० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो । यस्तै, जिल्लाको छेडागाड नगरपालिकामा ६ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । मास्क, एन्टिजेन किट, पीपीसेट, अक्सिमिटर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हाे । वुधबार छेडागाड नगरपालिका स्वास्थ्य संयोजक धनेश कुमार खड्कालाई सहयात्रा अवसर परियोजनाका कार्यक्रम व्यवस्थापक इन्द्र विश्वकर्माले ६ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया