एकै घरका दिदीबहिनी भेरी नदिमा बगे, बहिनीको मृत्यु, दिदी वेपत्ता


खलंगा, २५ जेठ । भेरी नदीले बगाएर एकै घरकी बहिनीको मृत्यु भएको छ भने, दिदी बेपत्ता भएकी छन् । भेरी नगरपालिका–१ रावतगाउँको पधेरीबाट मंगलबार दिउँसो साढि ११ बजे नदीमा बगेकी बहिनीको मृत्यु भएको हो भने, दिदी बेपत्ता भएकी हुन् ।

भेरी नदीले बगाएर रुकुमपश्चिम चौरजहारी नगरपालिका–१२ दुरनेटाका अमर डाँङ्गीकी ११ बर्षिय छोरी गिता डाँङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।

प्रहरी निरिक्षक पाण्डेले दिएको जानकारी अनुसार गिताकी १६ बर्षिय दिदी दिपा डाँङ्गी अहिलेसम्म नदीमै बेपत्ता भएकी छन् । नदीमा बेपत्ता भएकी दिपाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

गिता र दिपासंगै भेरी नदीमा बगेका रुकुमपश्चिम चौरजहारी नगरपालिका–१२ दुरनेटाका हस्त बहादुर डाँङ्गीका १७ बर्षिय छोरा राम बहादुर डाँङ्गीलाई स्थानीय गाउँलेले उद्धार गरेका छन् ।

राम बहादुरसंगै गितालाई पनि स्थानीयले उद्धार गरेका थिए । नदीले बगाएर घाईते भएका गिता र राम बहादुरलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल जाजरकोटमा पुर्याईएको थियो प्रहरी निरिक्षक पाण्डेले भने–‘उपचार गर्दा गर्दै गिताको दिउँसो १२ः५० बजे मृत्यु भयो भने, राम बहादुरको अबस्था सामान्य छ, जिल्ला अस्पतालम उपचार भई रहेको छ ।’

भेरी नगरपालिका–१ रावतगाँउमा आफन्तलाई भेट्न आएका उनीहरु गर्मी छल्न भनेर नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदि बहिनी समेत बगेका थिए ।

तपाईको प्रतिक्रिया