
खलंगा, २४ जेठ । जिल्लाको बारेकोट गाउँपालिका हाल सम्म १ सय ५३ जनामा कोरोना पुष्टी भएको छ । पालिका भरी ४ सय ४४ जनामा गरिएको एन्टिजेन परिक्षणमा १ सय ५३ जनामा कोरोना पुष्टी भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सि.अ.न.मी कल्पना रोकायले जानकारी दिईन् । उनका अनुसार, जम्मा ४ सय ४४ जना मध्ये महिला १ सय ५३ र पुरुष २ सय ९७ जनामा परिक्षण गरिएको थियो ।
जसअन्र्तगत महिला ५६ र पुरुष ९७ मा कोरोना पुष्टी भएको छ । हाल सम्म ५६ जना डिस्चार्ज भएका छन् भने ८४ जना होम आईसोलेसनमा रहेका छन् । ६९ जना संस्थागत आईसोलेशनमा रहेको रोकायले बताईन् । १३ जना अहिले उपचाररत्त रहेको छन् । तिनीहरु मध्ये ५ महिला र ८ पुरुष रहेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्साले जनाएको छ । पछिल्लो २४ घण्टामा १४ जनामा गरिएको एटिजेन परिक्षणमा ३ जनामा कोरोना पुष्टी भएको छ ।

















































। २४ जेष्ठ २०७८, सोमबार