
कविता :
गरिबीले हामीलाई धेरै टाढा बनायो
कहिल्यै प्रदेशीलाई नजिक हुन दिएन
आफ्नोपन बाट टाढा हुन भाविले बनाइदियो
सुख दिएन प्रदेशीलाई गरिबीमा मिल्काइदियो
ड्युटीमा बाट आउँदा कहिल्यै मुस्कान दिएन
तिमी गाउँमा म प्रदेशमा
रुन विवश बनाइदियो
साहुको ऋण,बैरिको इखले टाढा पुर्याइदियो
सबैका मन उज्यालो आफ्नो मन अँध्यारो बनाइदियो
भनेर सपना देख्छौ होला सायद तिमिले
प्रदेशमा आँसुले मुहार छोपेको छ
महशुस गर्दै होला तिमिले ।
गाउँघर तिर हरियाली छायो होला
फुल्यो चारैतिर फुलका कोपीला
खेतबारीमा हरियो धानको बिउ बढ्यो होला
घरपरिवारको सम्झनाले मनमा हतास
हुइँकिएको आभास गर्यौ होला तिमिले
।
कसरी बनाउने त्यो
सिपको कुरा प्यारी
रुनु हाँस्नु टाढा अनि
नजिकको कुरा हो प्यारी
दिलको निधारमा पसिनाका मुल फुटेका छन् प्यारी
मनमा मनका माला धेरै बुनेकी हौली तिमिले ।
यो हामी जस्ता हजारौं
गरिबको कुरा हो प्यारी।
प्रदेशमा घरको याद आउँछ हरपल पियारी
घरको दैलौमा म भइदिए हुन्थ्यो लाग्दो होला पियारी
गाउँघरको झझल्को लाउँछ हरपल नबिराई
के गर्नु ,
के गर्नु बाध्यताले टाढा बनाइदियो ।
रानी बनमा चरीले गीत गाउछ होला
प्रदेशमा स्वदेशको यादले मनै भयो बिरानो ।
ओइलिएर झरे होलान् फुलेका ती फुलहरु
बाबा त यो साल
घर आउने आस मर्यो नठान है छोरी
सधैंभरी यसरी नै म
खाली साथ बस्नुपर्ने भयो
अब मेरो लागि सधैंलाई
तिमिहरुकै याद साथी बन्यो पियारी ।
दुखै दुःखको भारी
पनि स्वीकार छ
छोराछोरीको खुसीको लागि हजारौं चोट लाग्दा
पनि न उपचार न नजिक छोराछोरी
सबैका दाजु(भाई घरमा बसेका होलान्
प्रदेशी बाबालाई सम्झिदा मन कुटुक्क हुँदो होला
प्रदेशी गएका छन धन कमाउन भनेर
कमाएर पैसा ल्याए घरपरिवारमा रमाउला भनेर
कसैलाई रहर हुदैन प्रदेशतिर जाने
सात समुन्द्रपारी सुस्ताउदैछु बाध्यता
आटो खान्छौ फाटो लगाछौ
म यता छु तिमीहरू सबै त्यता
मेरी प्यारी छोरी मेरो पीर चिन्ता नलिनु है सर्वदा
बरु तपाई चाहिँ आउने बा भन्ने छोरा छन
नजानु प्रदेश सँगसँगै
रमाउला भन्ने प्यारी छिन ।
परिश्रम गरेर सधै यही देशमा
कमाउला भन्ने धेरै थोरै
जस्तो खुशीको साथ छन्
धेरै दुख सुख घरमै गरौँ
भन्ने मेरि उनी छिन ।
सधैँ घरपरिवार सँगै हुनु पर्छ
आँसुले सधै मुख मात्र धुनुछ
म टाढा भए पनि खुसीले घरमा बस्नु है
आउनेछु श्रमको पसिना दाना गुन्टा बोकेर
तिमिले धैर्यता नगुमाउनु ल ।
















































। २४ जेष्ठ २०७८, सोमबार