जाजरकोट अपडेट : पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुने धेरै, हाल सम्म १ हजार ४० जनाले कोरोना जिते


खलंगा, २३ जेठ । पछिल्लो २४ घण्टाको समयमा जिल्लामा १३ जना कोरोना संक्रमित थपिएका छन् भने, २७ जना डिस्चार्ज भएका छन् । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट जिल्लामा आईतबार १३ जना संक्रमित थपिएका हुन् ।

पिसीआर र एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट हालसम्म जिल्लामा १ हजार ४ सय ५३ जनालाई कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले आइतबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ ।

जिल्लामा कोरोना संक्रमित १ हजार ४५३ जना मध्ये हालसम्म १ हजार ४० जनाले कोरोना जितेर डिस्चार्ज भएको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । ११ चैत २०७६ देखि २३ जेठ २०७८ सम्मको प्रकाशित दैनिक प्रतिवेदन विवरणले हालसम्म थप उपचारका लागि जिल्ला भन्दा बाहिर ११ जनालाई रिफर गरिएको र ३ जना संक्रमितको जिल्लामै मृत्यु भएको देखाएको छ । जिल्लामै कोरोना पुष्टि भएका एक जना संक्रमितको उपचारका क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको थियो ।

हालसम्म जिल्लामै गरिएको परीक्षणबाट कोरोना पुष्टि भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ । आईतबार जिल्लामा ३९९ जना संक्रिय संक्रमित रहेका छन् । ३९९ जना सक्रिय संक्रमितले होम तथा अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

No photo description available.

 

 

तपाईको प्रतिक्रिया