
खलंगा, २० जेठ । जाजरकोटको कुशे गाउँपालिकामा एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । कुशे गाउँपालिका ६ की पम्फा सिंह शाही अचानक बिरामी भएपछि हेलिकोप्टरबाट उद्धार गरेर कोहलपुर मेडिकल कलेज लगिएको हो । उनलाई एपेन्डिसाइटिस भएको थियो ।
दुई दिनदेखि बिरामीेले थलिएकी उनलाई सिम्रिक ऐयरको हेलिकोप्टर बाट उद्धार गरिएको हो । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतको पहलमा उनको उद्धार गरेर अस्पताल लगिएको स्थानीय विमल रोकायले जानकारी दिए ।

यसअघि पनि गाउँपालिका अध्यक्ष बस्नेतले हेलिकोप्टर बोलाएर थुप्रै बिरामीको ज्यान जोगाउन पहलकदमी गरेका थिए । कर्णाली प्रदेश सरकारले कर्णालीको विकटतालाई मध्यनजर गरेर हेलिकोप्टरबाट कोरोना संक्रमितको उपचार गर्ने निर्णय नै गरेको छ । यसबाट केही संक्रमितको उद्धार र उपचार भइरहेको छ ।
















































। २० जेष्ठ २०७८, बिहीबार