
नवराजकी आमा र लोकेन्द्र सुनारको नाम : तस्वीर कालीबहादुर नेपाली
कालीबहादुर नेपाली
खलंगा,१० जेठ । रुकुम पश्चिमको सोतीमा भएको नरसंहार घटनाको एक बर्ष पुरा भएको छ । जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विक सहित ५ जनाको २०७७ जेठ १० सामुहिक हत्या गरिएको थियो । सामुहिक हत्या गरिएको एक बर्ष पुरा भएपनि पीडित परिवारले न्याय पाएका छैनन् । ‘हत्याराहरुले जेल सजाय पाएँ, मेरो छोराको आत्माले शान्ती पाउने थियो’ नवराजका वुवा मुनलाल विकले भने ।
‘मेरो छोरालाई मार्न पठाउने सुष्मा मल्लकी आमा समेत छुटिसेकेकी छन्, स्वयंम सुधार गृहमा रहेकी सुष्मा समेत बाहिर आईसकेकी छन्, ११ जनालाई साधारण तारिकमा छोडिसेकेको छ, अव हामी न्याय पाउँदैनौं जस्तो लाग्छ’ उनले थपे ।’ छोराको मृत्युको खबर पाएँ देखि नवराजकी आमा उर्मिलाको आँखामा आँसु रोकिएको एकदिन छैन् । घरको एक मात्र छोरा ।
भविष्यमा परिवारको साहारा बन्ने सपना देखेका वाआमा अहिले रातदिन रोइरहेका छन् । घरमा सुतिरहेका नवराजलाई फोन गरेर विहेका लागि बोलाएकी थिईन सुष्माले । जात नमिल्ने भन्दै वेलावेलामा सुष्माका परिवारले नवराजलाई धम्की दिदै आएका थिए । तर जेठ ९ गते राती सुष्माले साथीहरु लिएर मलाई भगाउन आउनुहोस भनेपछि नवराज १८ जना साथीहरु लिएर विहेका लागि सोती गाउँ पुगेका थिए ।
विहेका लागि पुगेका नवराज कहिल्यै नर्फकिने गरी सधैलाई अस्ताए । उनी मात्र होइन् उनका ५ जना साथीहरु समेत कहिल्यै नर्फकिने भएँ । अन्तरजातीय प्रेम गरेकै कारण नवराजले ज्यान गुमाउनु प¥यो । दलितले मेरी छोरी संग विहे गर्न लागेको भन्दै सुष्माका आमा वुवाले वडाध्यक्ष डम्बरबहादुर मल्ललाई खवर गरेका थिए । गाउँका २ सय भन्दा बढीलाई वडाध्यक्षले खबर गरी नवराज सहित ६ जनाको हत्या गर्न वडाध्यक्ष आफै लागे ।

नवराजकाे वुवा
१२ जना भागेर ज्यान बचाउन सफल भए भने ६ जनालाई क्रुरता पुर्वक हत्या गरी भेरीमा शव फालियो । नवराजकी आमाले भनिन्, ‘ठुलाठुला नेताहरु घटना लुकाउन खोजिरहेका छन्, हामी दलित समुदायका लागि कसले लडिदिन्छ, न्याय पाउने आशमा बसिरहेका छौँ, खै के न्याय पाउँला र ?’ सञ्जु विककी श्रीमती पनि श्रीमानको यादमा रोइरहेकी छिन् ।
श्रीमानको हत्याराहरुलाई जेलको सजाय हुनुपर्छ भन्दै आँसु खसाल्छिन् । उनको पाँच बर्षको छोरा समेत छन् । ‘छोरोले वुवा कहिले आउनुहुन्छ, ममी भन्दा मेरो भकानिन्छ, उनले भनिन् ।’ कमिलो उमेरमा श्रीमान गुमाउनुको पीडा त छदैछ, त्यही माथी सासु ससुरालाई पनि उनले सम्झाउनुपर्छ । न्याय पाउँने आशमा पीडित परिवार बसिरहेका छन् ।
उक्त घटनामा भेरी नगरपालिका ४ का नवराज विक, गणेश वुढा, चौरजहारी नगरपालिकाका टीकाराम सुनार, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द्र शाही र सन्दीप विकको हत्या गरिएको थियो । सबैका परिवार सन्तान गुमाउनुको पीडाले अहिले विछिप्त बनेका छन् । त्यसै माथी न्याय पाईदैनकी भनेर चिन्तित बनिरहेका छन् ।
सुष्माले बोलाएपछि गएका थिए नवराज
तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया सुष्मा मल्ल थरकी युवती कहाँ पुगे । नवराज उनका १८ जना साथी लिएर गएका थिए । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो । कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवती विवाह बन्धनमा बाँधिन चाहन्थे ।
तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए । पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएकी थिइन् ।
जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा प¥यो । त्यसपछि उनले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको थियो ।
चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा गत वर्ष जेठ १० गते प्रेमिकासँग विवाह गर्न गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका ५ जना साथीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–६ सोती गाउँमा सामूहिक हत्या भएको थियो ।
११ जना समान्य तारिकमा छुटे !
सोती हत्याकाण्डमा संग्लन ११ जना समान्य तारिकमा छुटिसकेका छन् । नवराज हत्याकाण्डमा संग्लन भएको भन्दै सोती गाउँका ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्धा दायर भएको थियो । जसअन्र्तग हाल २३ जना सर्वाेच्चमा पुर्नपक्षका लागि थुनामा रहेका छन् ।
जिल्ला अदालत रुकुम, उच्च अदालत सुर्खेत र सर्वाेच्च अदालत काठमाडौँ बाट गरी ११ जना समान्य तारिकमा छुटिसकेको वकिलहरुले बताएका छन् । हत्याराहरु धमाधम छुट्न थालेपछि न्याय पाउने आशा समेत मरेको सञ्जुका वुवा बलबहादुर विकले बताए । प्रेम गरकै कारण नवराज सहित ५ जनाको हत्या गरिनु ठुलो अपराध भएको दलित अधिकारकर्मीहरुको भनाई छ ।
















































। ९ जेष्ठ २०७८, आईतवार