
खलंगा, ९ जेठ । जिल्लाको छेडागाड नगरपालिका २ का युवा कृषि उद्यमी गोबिन्द बुढाले इन्द्रेणी बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर पाँच बर्ष देखी व्यावसायिक फलफूल खेती गर्दै आएका छन् ।
उनले करिब पाँच बर्ष देखि आफ्नो फर्ममा स्याउ ,सुन्तला, कागती , जुनार ,किबि ओखर गरि अठार सय भन्दा बढी बिरुवा लगाएका छ्न् । अहिले टर्किस ओखर दुई सय थप करिब पाँच सय बिरुवा ओखर उनको फर्ममा छ । अहिले केही बिरुवाले उत्पादन दिन थालेको सञ्चालक वुढा बताउँछन् ।
नमुना स्याउ फर्म बनाउने उनको चाहाना छ । त्यसैले जोडतोडका साथ कृषि कर्ममा लागेका छन् । वर्षौंदेखि बाँझो रहेको जमिनमा टर्कीबाट ल्याएको ‘चाङदलर’ ओखर लगाएपछि खाली जग्गा सदुपयोग भएको छ ।
अहिले गाउँपालिकामा बिरुवा रोप्ने क्रम बढेपछि स्थानीयवासी दैनिक उक्त ओखरको हेरदेख, मलजल र खाडल व्यवस्थापनमा जुटेका कारण चहलपहल बढेको छ । कर्णाली प्रदेश मातहतको कृषि विकास कार्यालय जाजरकोटले लक्षित वर्ग विशेष कार्यक्रम मार्फत साकियाका १ सय घरधुरी कृषकलाई एक हजार ५ सय बिरुवा वितरण गरेको छ । कृषकको जीवनस्तर आर्थिक रुपमा उठाएर व्यावसायिक रुपमा गति दिनलाई सो कार्य गरिएको प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।

स्थानीयवासी कृषक रामबहादुर बुढाले भने, ‘सबै बिरुवा सित्तैमा कृषि कार्यालयले उपलब्ध गराएको हो, हामी यसलाई राम्रोसँग हुर्काएर नतिजा निकाल्न चाहान्छौँ,’ अधिकारीका अनुसार तीन वर्ष नर्सरीमा रहेकाले अबको तीन वर्षभित्र फल दिनेछ । यहाँको भूगोल, माटो र वातावरणीय अवस्थाअनुसार टर्की चाङदलर बिरुवा उपयुक्त हुने भएपछि रोपिएकोे हो ।
टर्कीबाट कार्गो भाडासमेत गर्दा प्रतिबिरुवा ९ सय रूपैयाँ परेको कार्यालयले जनाएको छ । त्यस्तै, कुशे गाउँपालिका–७ समाइलामा २४६ घरधुरीलाई सात हजार बिरुवा वितरण गर्न लागिएको छ । प्रतिघरधुरी २८ बिरुवा वितरण गरिने छ ।
त्यस्तै, नलगाड नगरपालिका–डाडाँकटारीमा ४० हजार रूपैयाँ कागतीका बिरुवा वितरण गर्न लागिएको छ । छेडागाड नगरपालिका–५ सिँचाइ आयोजना निर्माण स्थानीयवासीले सिँचाइ सुविधा पाएका छन् । त्यस्तै सोही ठाउँमा १८ लाख रूपैयाँको आँपको बिरुवा समेत वितरण गर्ने अन्तिम तयारी भएको छ ।

प्रदेशसभा सदस्यको सिफारिसमा यी ठाउँमा बिरुवा वितरण गरिएको हो । ठाउँअनुसारको बिरुवा सिफारिस गरिएको र अर्को वर्षसमेत यो कार्यक्रम जारी रहने प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए ।
यसले के देखाउछ भने जाजरकोटमा व्यावसायिक फलफूल रोप्ने क्रम जारी रहेको स्थानीय तथा प्रदेश सरकारले पनि सहयोग गरेको देखिन्छ बुढा भन्छन ्। उनको सोचाइ चाहिँ नयाँ नयाँ प्रजातिका बिरुवा रोप्ने र जिल्लाई फलफूलमा आत्मनिर्भर बनाउने अभियानमा लागेका छन् ।

बढी भएको अरु जिल्लामा पठाउने उनको सोच छ । यदि राज्यले सहयोग गरेमा जाजरकोटलाई लाई फलफूलको केन्द्र बनाउन सकिने उनको भनाइ छ। यसबाट नै जिल्लाको आर्थिक योगदानमा सहयोग पुग्ने उनी बताउँछन् ।
(समाचारः कृषि प्रेस बाट)
















































। ९ जेष्ठ २०७८, आईतवार