जाजरकोटमा ४१८ जनाले जिते कोरोना, ५८६ अझै सक्रिय संक्रमित

खलंगा, ८ वैशाख । जिल्लाभर हाल सम्म ४ सय १८ जनाले कोरोना जितेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटको दैनिक कोरोना प्रतिवेदनमा शनिवार दिउँसो ३ बजे सम्म ४ सय १८ जनाले कोरोना जितेको उल्लेख गरिएको छ । अहिले सम्म ६ हजार ७ सय ६ जनामा गरिएको पी.सी.आर. परीक्षणमा ४ सय ८८ जनामा कोरोना पुष्टी भएको थियो ।

जसअन्र्तगत १ सय ११ जना निको भएर घर फर्किसकेका छन् भने ३ सय ७७ जना होम आइसोलेसन र अस्पतालमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा स्वाव संकलन शुन्य र संक्रमितको संख्या शुन्य रहेको प्रशासनको प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या समेत शुन्य रहेको जनाइएको छ ।

यस्तै, एन्टिजेन परिक्षण तर्फ जम्मा १ हजार ६ सय ९५ मा गरिएको परिक्षणमा ५ सय २४ जनामा कोरोना पुष्टी भएको थियो । जसअन्र्तगत ३ सय ७ जनाले कोरोना जितेर घर गईसकेका छन् भने २ सय ९ जना सक्रिय संक्रमितहरुले होम आइसोलेसन र अस्पतालमा उपचार गराईरहेका छन् ।

पछिल्लो २४ घण्टामा स्वाव संकलन गरिएको ४५ जनामा १६ जनामा कोरोना पुष्टी भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १७ जना निको भई घर फर्केका छन् । हाल सम्म ६ जना रिफर भई गएका छन् । जिल्लामा मृत्यु हुनेको संख्या २ रहेको प्रतिवेदनमा बताइएको छ ।

कोभिड १९ को जिल्लामा उपचार तर्फ भएको व्यवस्थापन अन्र्तगत कोभिड अस्पताल १ रहेको छ । यस्तै, जिल्लाभर १ सय २२ वटा आइसोलेसन वेड रहेका छन् । ३ वटा आई.सी.यू. कक्ष, भेन्टिलेटर १, अक्सिजन सिलिण्डर ९०, एच.डी. यू. वेड १०, अक्सिजन सहितको आईसोलेसन वेड ३३, र साधारण आईसोलेसन वेड ८९ वटा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

No photo description available.

तपाईको प्रतिक्रिया