
पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन सङ्क्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि हिजो ७ हजार ८ सय ९० जनानिको भएका थिए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १९हजार ३५७ पीसीआर परीक्षणमा ८ हजार ५ सय ९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्ंक्रमणबाट १२९ जनाको मृत्यु भएको छ ।
















































। ८ जेष्ठ २०७८, शनिबार