कोरोना प्रभाव : अखिल क्रान्तिकारी जाजरकोटको जिल्ला सम्मेलन स्थगित

No description available.

खलंगा, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जाजरकोटको जिल्ला सम्मेलन स्थगित गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर बाट जिल्ला थला परेकोले आगामी जेठ ९÷१० मा हुने २० औं जिल्ला सम्मेलन स्थगित गरिएको हो ।

अखिल क्रान्तिकारी जाजरकोटका संयोजक कृष्णराज सिंहले हाम्रो पहुँच डटकमलाई जानकारी दिदैं, चैत्र २९ गते जिल्ला कमिटीको विस्तार वैठकले २० औं जिल्ला सम्मेलन छेडागाड नगरपालिकाको मनघाटमा गर्ने निर्णय गरिएको थियो ।

सोही अनुसार, सात वटै पालिका, विद्यालय, क्याम्पसमा कमिटी निर्माणको कार्यतालिका रहेको थियो । दोस्रो चरणको कोभिड १९ को असरले देश थला परेको अवस्थामा संगठनका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको संयोजक सिंहले बताए । निर्धारित कार्यक्रम अनुसार वैशाख १६ गते बारेकोट गाउँ कमिटीको टुंगो लागेको छ ।

तर अरु छ वटा पालिका तथा विद्यालय र क्याम्पसमा हुने सबै कार्यक्रम स्थगित गरिएको विद्यार्थी संगठनका केन्द्रिय सदस्य अटल आचार्य र जिल्ला संयोजक सिंहले १७ वैशाखमा सामाजिक सञ्जाल मार्फत जानकारी गराएको अखिल क्रान्तिकारी जाजरकोटले जनाएको छ ।

यस्तै, संयोजक सिंहले अनलाईन कक्षाको नाममा विद्यार्थीहरु बाट शुल्क नलिन समेत निजी विद्यालयहरुलाई आग्रह गरेका छन् । विद्याथीको शैक्षिक अवस्था र आर्थीक अवस्थामा निकै कमजोर भईरहेकोले मनोमानी शुल्क नलिन आग्रह गरे ।

यस्तै कोरोनाको जोखिम बढिरहेकोले यस बाट आम नागरिकलाई सुश्चित गर्न सम्पुर्ण विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई प्रचारप्रसारमा लाग्न समेत निर्देशन दिए । कोरोनाको जोखिम कम भएपछि संगठनका सम्पुर्ण कार्यक्रमहरुलाई अगाडि बढाईने समेत जानकारी दिए ।

 

यस्तो छ विज्ञप्ती
गौरवशाली इतिहास बोकेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी जिल्ला कमिटीको चैत्र २९ गते बसेको विस्तारीत वैठकको निर्णय अनुसार वैशाख ३ गते देखि सबै पालिकाहरुमा ईकाई कमिटी बनाउने निर्णय भएको थियो । वैशाख १५ गते सम्म सबै विद्यालयमा ५० प्रतिशत कमिटी निर्माण भएका छन् । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको सबै पालिकाहरुको सम्मेलन निम्न मिती अनुसार गर्ने निर्णय भएको थियो ।

वैशाख १५ गते बारेकोट गाउँपालिका अखिल क्रान्तिकारी विद्यार्थी संगठनको सम्मेलन सम्पन्न भएको छ । २०७८ साल वैशाख १६ गते देखि हाम्रा निर्धारित मितीअनुसार तोकिएका कार्यक्रमहरु कोरोना भाइरस (कोभिड १९) दोस्रो संक्रमण ज्यादै तीव्र रुपमा तीव्र हुदै ज्याँदा यो मुलुकमा विद्यार्थी समुदाय तथा आम नागरिकहरुले कठिन चुनौतीहरुको सामना गर्नु परिरहेको छ । विद्यार्थीहरुको एकातर्फ शैक्षिक कार्यक्रमहरुको स्थगित भईरहेको छ भने अर्काे तर्फ आर्थीक रुपमा कठिनाईको सामना गरिहेका छन् ।

लकडाउनमा अनलाईन कक्षाको नाममा शुल्क नलिन सम्पर्ण निजी शैक्षिक संस्थाहरुलाई अनुरोध गर्दछौँ । त्यसैले अव बाँकी ६ वटा पालिकाहरुको सम्मेलन जसअनुसार
वैशाख १७ गते कुशे गाउँपालिकाको सम्मेलन
वैशाख १९ गते छेडागाड नगरपालिकाको सम्मेलन
वैशाख २१ गते जुनीचाँदे गाउँपालिकाको सम्मेलन
वैशाख २३ गते शिवालय गाउँपालिकाको सम्मेलन
वैशाख १८ गते नलगाड नगरपालिकाको सम्मेलन
वैशाख २७ गते भेरी नगरपालिकाको सम्मेलन
वैशाख २८ गते भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको सम्मेलन
अनि अखिल क्रान्तिकारीको २० औं जिल्ला सम्मेलन
जेठको ९ र १० गते हुने भनेको जिल्ला सम्मेलन कोभिडका कारणले हो स्थगित भएको छ । कोभिडको अभाव नहुन्जेल सम्म सबै विद्यार्थीहरुलाई यसै विज्ञप्ती मार्फत हाम्रो कार्यक्रमहरु स्थगित भएको जानकारी गराउँर्दछु ।
क्रान्तिकारी अभियान सहित
संयोजक
कृष्णराज सिंह
अखिल क्रान्तिकारी जाजरकोट

तपाईको प्रतिक्रिया