शिवालयमा अक्सिजन अभावमा एक महिलाको मृत्यु


खलंगा, ७ जेठ । जिल्लाको शिवालय गाउँपालिकामा अक्सिजन अभावका कारण एक महिलाको मृत्यु गएको छ । गाउँपालिकाको वडा नं ६ निवासी ३२ वर्षीय महिलाको विहीवार राति करिब २ बजे निधन भएको हो ।

सुरुमा ज्वरो आउने, शरीर दुख्ने र पछि झाडापखालाका कारण उनको शरीरमा पानीको मात्रा अत्यन्तै कम रहेको र अक्सिजन लेभल ६०–६२ रहेकोले समयमै अक्सिजन नपाउँदा उनको मृत्यु भएको स्वास्थ्यकर्मीलाई उदृत गर्दै पत्रकार पूर्ण समीर महताराले जानकारी दिए ।

अक्सिजनको व्यवस्था समयमै गर्न सकेको भए महिलाको ज्यान बचाउन सकिने समेत स्वास्थ्यकर्मीले बताएका छन् ।

तपाईको प्रतिक्रिया