
हेमन्त केसी
जाजरकोट, ६ जेठ । अक्सिजन तथा स्वास्थ्य सामग्रीको चरम अभावका कारण समस्या भोगिरहेको जिल्ला अस्पताल जाजरकोटमा भारी मात्रामा स्वास्थ्य सामग्री आएको छ । पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले व्यक्तिगत रुपमा अक्सिजन सिलिन्डर –७० थान , अक्सिजन उत्पादन गर्ने २ वटा अक्सिजन कन्सन्ट्रेटर , व्यक्तिगत सुरक्षा सामग्री , मास्क (पीपीइ) र पल्स अक्सिमिटर पठाएका हुन् ।
जिल्लामा अक्सिजन अभावले समस्या परिरहेको वेला बस्नेतले पठाएको यो अक्सिजन कन्सन्ट्रेटरबाट राहत मिल्ने छ । हिजो मात्र पूर्वाधार कार्यक्रममा छुट्याएको रु १८ लाख रकमको छुट्टै स्वास्थ्य सामग्री भेरी नगरपालिकालाई पूर्वमन्त्री बस्नेतले पठाएको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए ।
जिल्ला अस्पतालले अक्सिजन पलान्ट र सिलिण्डर खरिदका लागि बोलपत्र आह्वान गरेपनि अझै कहिले आउने हो भन्ने एकिन नभएको वेला प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री पठाएको सामग्रीबाट राहत मिलेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । लाखौँ रकम पर्ने सामग्री यो महाविपतीमा आएको कुरा सामान्य नभएको व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिईन् ।
















































। ६ जेष्ठ २०७८, बिहीबार