कोरोनाका नियन्त्रणको नाममा आफु खुशी रकम जम्मा नगर्न प्रशासनको आग्रह

खलंगा, ६ जेठ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले कोरोना नियन्त्रणमा र उपचारको नाममा आफु खुशी रकम जम्मा गर्ने कार्य बन्द गर्न आग्रह गरेको छ । विहीबार एक सुचना जारी गरी कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारको नाममा आफु खुशी रकम जम्मा गर्ने अभियान चालेको भन्ने जनगुनासोको आएकोले यस्तो कार्य रोक्न आग्रह गरेको हो ।

कोरोना संक्रमित, विरामीको उपचारको नाममा जथाभावी रकम संकलन गर्ने कार्य कानुन विपरीत भएको समेत सुचनामा उल्लेख गरिएको छ । यसरी गरिएका सबै अभियानहरुले संकलन गरेको रकम राष्ट्रिय वाणिज्य वैंकमा जम्मा गर्न प्रशासनलाई गृह मन्त्रालयले निर्देशन समेत दिएको छ ।

यस्तो अवस्थामा कसैले संस्थागत, व्यक्तिगत सहयोग गर्न चाहेमा राष्ट्रिय वाणिज्य वैंक सिंहदरबार परिसर शाखामा रहेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उपचार कोषको खाता नं १९६०००००११०१ मा जम्मा गर्न अपिल समेत दिएको प्रशासकीय अधिकृत हरीप्रसाद देवकोटाद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

प्रशासनको सुचना :

May be an image of text

तपाईको प्रतिक्रिया