जिल्ला अस्पताल हुम्लामा ५ बेडको कोभिड अस्पताल तयार

अदानचुली गाउँपालिकाले ३ वटा अक्सिजन कन्सन्ट्रेटर ल्यायो

No description available.
मोहनसिंह बुढा
हुम्ला, ५ जेठ । सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पताल हुम्लामा पहिलो पटक ५ बेडको कोभिड अस्पताल सञ्चालन गएिको छ । अस्पतालमा कोभिडका जटिल बिरामीलाई राखेर उपचार सुरु भएको हो ।

यसअघि सामान्य कोरोना पुष्टि भएका बिरामीलाई रानीवनस्थित आइसोलेसन वार्डमा राखिए पनि शुक्रबार बिहान १ जना श्वासप्रश्वासमा समस्या आएका बिरामी देखिएपछि उक्त वार्ड सञ्चालनमा आएको हो । कोभिड वार्ड एचडियुमा सञ्चालन गरिएको छ । जटिल रोगका कोभिडका बिरामीलाई अक्सिजन कन्सर्नटेटर दिएर उपचार सुरु भएको अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए ।

१ पटकमा ५ जना बिरामीको उपचार सहजै गर्न सकिने उनले जानकारी दिए । यसलाई चाँडै २० बेडको बनाउने पहल सुरु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । अस्पतालमा भेन्टिलेटर भए पनि त्यसलाई सञ्चालन गर्ने प्राविधिक नभएका कारण भेन्टिलेटरमा राख्नुपर्ने बिरामी आए जिल्लामा उपचार हुन नसक्ने अवस्था छ ।

यस्तै, अदानचुली गाउँपालिकाले ३ वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढेसँगै गम्भीर बिरामीको संख्या बढ्न सक्ने भएकाले अक्सिजन कन्सन्ट्रेटर खरिद गरिएको गाउँपालिकाले बताएको छ ।

गाउँपालिकामा हाल १५ बेडको आइसालेसन कक्ष तयारी अवस्थामा रहेको र बिरामीको गम्भीरता हुन सक्ने कुरालाई ध्यानमा राखी अक्सिजन कन्सन्ट्रेटर ल्याइएको गाउँपलिकाका अध्यक्ष दल फडेराले बताए ।

उनले अक्सिजन कन्सन्ट्रेटरसहित ८० वटा एन्टीजेन्ट किट,१० हजार मास्क,१ यस थान स्यानीटाईजर, २० पिस फेस सिल्ट र १० वटाअक्सिजन मापन गर्ने मेसिन ल्याइएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले गाउँपालिकामा हाल ७ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको बताए ।

तपाईको प्रतिक्रिया