
कुशे गाउँपालिका सबै बिरामीलाई राम्रोसँग हेर देख देखि उपचार देखि के के आवश्यकता हुन्छ पुरा गर्न हार्दिक अनुरोध गर्दछु । कुशे गाउँपालिका दम्दाला बिरामीहरु राम्रोसँग चेक जाँच गरेर उपचार गरियोस् र अन्य सबै आक्रान्त बिरामी लगायत सबै जाजरकोट लगायत अन्य जिल्लाका बिरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । हृदय देखि सबै बिरामीलाई कुनै पनि आत्तिने हतासिने मन सानो गर्ने कसैले पनि नगर्नु होला हामीले जसरी पनि कोरोना महामारी युद्धलाई अवश्य झितेरै छाड्ने छौं ।
विश्वब्यापी फैलिएको को कोभिड १९ मा जाजरकोट लगायत सबै पत्रकार–डाक्टर दाजुभाइ दिदीबहिनीले आफ्नो घरपरिवार बाल बच्चा नभनेर भोग पानी निन्दा घाम नभनेर निरन्तर काम गर्नुभएको छ । अझै अवैध काम नगरेर निष्पक्ष मनले जनताको पुर्ण उपचार गर्नु हुनेछ भन्ने बिश्वासमा छौं ।
कुशे गाउँपालिका लगायतका सबै मेयरहरु निष्पक्ष भावनाले सोच र निष्पक्ष मनले सबै युवायुवतीहरु हातेमालो गरेर महामारी कोभिड १९ को अभियानमा जुट्न युवायुवतीलाई हार्दिक अनुरोध छ । सबैले जन्म दिने नेपाल आमाहरुको रक्षा गरौं ।
जनताले सरकार देखि कुनै आशा नगरे हुन्छ । पुजीँवादी दलाल पार्टी मिलाउनेमा मात्र राजनीति पार्टी नेता अस्त ब्यस्त छन् । कुनै पनि आशा नगर्दा हुन्छ । वरु बिदेश बाट आएको अक्सिजन देखि अनेक नेपाल आउने राहत सरकारले कसरी कति मुल्यमा व्यापार गर्नेमा जोड घटाउ फाइदा नाफा गर्ने तिर ध्यानाकर्षण हुन्छ । कति आफ्नो घरमा लुकाउने कति बिक्री गर्ने तिर मात्र ध्यानाकर्षण गरेको छ । सरकारले बरु अलि लाटो भेडो को छ ?
त्यस्तालाई मन्त्री बनाउने बाठोले भ्रष्टाचार तिर कति आयो कतिले बिक्री गर्ने तिर मात्र सोच दिमाग चलेको हुन्छ । पछिपछि लागेका नेता कार्यकर्ताले कहाँ कति लिने स्टोर गर्ने कसरी बिक्री गर्ने भन्ने सोच तिर हुन्छन्न् । जनतालाई यदि यहाँ आयो उति ल्याएका छौ, सरकारले धेरै ठूलो काम गरेको कसले गरेको छैन् कोले भन्छ ? सरकारले अक्सिजन दिएन केही तत्वले सरकारले काम गरेर भनेर अनावश्यक हल्ला फैलाएका हुन, भनेर ठूलो ठूलो गफ मात्र दिन्छन् ।
नेपाली जनतालाई जस्तोसुकै महामारी फैलिए पनि कान छोपेर कुनै नसुनेर आफ्नै सुर र स्वरमा सरकार गठन पार्टी गठनमा मात्र मस्त छन् ।
जसरी पनि कोरोनालाई जित्न सक्ने आट भनेको सबैभन्दा एक घर देखि अर्को घरमा एक गाउँ देखि अर्को गाउँमा नजान अनुरोध गर्दछु ।
आफ्नो अमुल्य जीवन घरपरिवार सबै त्यागेर काम गर्ने सबै डाक्टरहरूलाई हार्दिक नमन छ । जाजरकोट लगायत जिल्लामा सबै डाक्टरहरुलाई निष्पक्ष मन र ढुक्कले काम गर्नु हुनेछ भन्ने पुर्ण अझै पनि आशावादी छु ।
केही सक्षम बुद्धिजीवी उद्योग करकाखाना व्यापार व्यबसाय बाट केही सक्षम ब्यक्तित्व र केही सक्षम राजनीति व्यक्तित्वहरु हुनुहुन्छ भने जनतालाई जसरी पनि उचित र सुरक्षित उपचार देखि अक्सिजन औंषधी देखि खाने देखि सबै व्यवस्थापन र उपलब्ध गर्न अनुरोध गर्दछु ।
हृदय देखि मन भएका सबै बुद्धिजीवी संस्थाहरु सबै कोरोना युद्धमा लड्न र खट्टन अत्यन्तै महत्वपुर्ण अनुरोध गर्दैछु । कोरोना युद्धको अभियानमा तेरो मेरो गाउँघर तेरो मेरा, मेरो पार्टी, तेरो मेरो सरकार तेरो, मेरो पावर तेरो, मेरो सबै गाउँपालिका तेरो मेरो, वडा तेरो मेरो, गरिब तेरो मेरो, जनता तेरो मेरो, सहयोग नभनी निष्पक्ष भावनाले सबै युवायुवतीहरु जस्तोसुकै जतिसुकै कुना कप्चामा पनि अभियानमा पुग्न हार्दिक अनुरोध गर्दैछु ।
पिलिज पिलिज सबै जुट्न हार्दिक अनुरोध साथै पिलिज सबैलाई म हृदय देखि नमस्कार भन्न चाहान्छु । म अर्को कुरा महत्वपुर्ण भन्छु, जाजरकोट लगायत सबै जिल्लाका डाक्टर, प्रहरी, प्रशासन सबै नेपालीलाई हार्दिक अनुरोध गर्दछु ।
त्यो चेक जाँच गर्ने एरियामा अनिवार्य सुतली डोरी लगाएर कति लाइन हुन्छ । त्यो योजना गरेर अनिवार्य आफ्नो अनुसन्धान अनुकुलता सोचेर सबै कोरोना व्यवस्थापनमा खट्ने दाजुभाई दिदीबहिनी एक एक मिटर बस्ने धर्का लाइन कोर्नु होस गर्नुहोस् । आफू पनि सुरक्षित अरु पनि सुरक्षित जसले माक्र्स लगाउदैन चेतावनी कारबाही गर्नुहोस् ।
यद्यपी नियम उल्लंघन गर्यो भने अर्को ठूलो चेतावनी समेत के दिनुहोस् भने नक्कली कोरोना मान्छे बन्ने जहाँ जहाँ कोभिड १९ चेक जाँच गर्ने ठाउँ हुन्छ अनिवार्य एकजना नक्कली कोरोना मान्छे गाडीमा राख्ने भाइरल गराउने अनि मात्र डराउने हुनेछन् । नत्र मान्दैनन् डराउने चेतावनी दिएपछि घर बाहिर नआउने हुन्छन् ।
कोभिड चेक गर्ने ट्यापेचर मेसिन वितरण गर्नुहोस् । सानो ठूलो गाउँ हेरेर अनिवार्य ५ देखि ७ सात देखि १५ वटा ट्याम्पेचर वितरण गर्नुहोस् ।
चेक जाँच कोभिड नम्वर कति नम्वर आए ठिक हुन्छ ? कति नम्वर कम भए ठिक छैन ? कति नम्वर कोरोना भए लाग्यो भन्ने बारेमा जानकारी गर्दछु ।
(कोभिड १९ गलत र सही नापजाँच महत्वपुर्ण)
नम्बर एक ३७.५ एकदमै राम्रो हुन्छ।
नम्बर दुई–३६.१–३६.२–३६.३–३६.४–३६.५–
३६.५–३६.६–३६.७–३६.८–३७.९ राम्रो हुन्छ ।
यहीँ सेम ३५.१ सेम सेम सेम हुन्छ ।
नम्बर तिनमा– ३८.१– माथि देखि एकपटक चेक गर्ने एक मिनेट रोक्ने फेरि चेक गर्ने फेरि रोक्ने फेरि चेक गर्ने फेरि ३८.१ देखि अथवा त्यसैमा यथावत् भयो भने अलि पर रेष्ट गरेर फेरि आ भन्ने चेक गरेर भएन भने कोरोना लाग्यो भन्ने बुझे हुन्छ ।
चालिस देखि माथि माथि उपचार देखि बचाउने कहाँ लाने, के गर्ने ? त्यो सबै डाक्टरको हातमा हुन्छ ।
सरी हुन त म कुनै जान्ने मान्छे होइन । तर हामी गुलामी (कभअगचष्तथ नगबचम) भएको कारणले सबै कोरोना हामीले चेक जाँच गर्नुपर्छ । विदेशमा सबै कोभिड जिम्मेवारी हाम्रो हातमा हुन्छ । चेक जाँच देखि माक्र्स काढ्ने सेनिटाइजर सबै हामीले हान्नुपर्छ । त्यही भएर सबै परिपक्क भएको कारणले मेरो देशको सबै नागरिक जनतालाई जानकारीमुलक लेखेको छु । कसैले पनि अनर्थ नसोच्नु होला भन्ने अनुरोध गर्दछु । धयवाद ।
कबिता
पैसा र राजनीति सरकार घमण्डी
नेताहरूको अगाडि लडाई गर कोरोना
गरिबको घर घरमा उपचारको
न्याय आउछ कि कैत
मोड बदलियो भने
दुःखी गरिबको साहारा हुन्छ
कोरोना तिमी कस्तो कोरोना
कोरोना तिमी कस्तो कोरोना
गरिबलाई भोकै राख्ने
सरकार र धनिको पेट भर्ने
कोरोना तिमी कस्तो कोरोना ।
भ्रष्टाचार सक्षमको भाडो भर्ने
असहायलाई गरिब गाउँघरमा
रोग र भोकले सताउछौं
कोरोना तिमी कस्तो कोरोना ।
ठूलो ठूलो सरकारी हलमा केही नहुने
दुखी गरिब माथि धाउने
केही नहुनेका माथि पछि पछि किन
कोरोना तिमी कस्तो कोरोना ।
ठूलो ठूलो राजनीति पछि नलाग्ने
गरिब देख्दा बाटो नछाड्ने
कोरोना तिमी कस्तो कोरोना ।
कहिल्यै नसोचेको कोरोना
तिमीलाई लेख्दा गरिब दुखीले
न उपचार न खान न काम गर्न दिने
नेताहरूले लुटेर खाने न्याय पाए
बस एक पुस्ता हामीलाई बाँच्न देउ
टारिदेउ न पानी दाना छैन
मात्र आशुको भल खानुपर्ने
कोरोना तिमी कस्तो कोरोना ।
सरकार बाट अक्सिजनको वास्था छैन
भोको पेटलाई खान्छन् औला चुसी,
कोरोना तिमी कस्तो कोरोना ।
नेताहरूको दिमागमा जस्तोसुकै
राहत आएको स्वादको भकारी भर्ने
गरिबको जीवन संग नाता जोड्ने
कोरोना तिमी कस्तो कोरोना ।
हुनेलाई प्राण दिने,
गरिवको सास थुन्ने
कोरोना तिमी कस्तो कोरोना ।
सरकार र राजनीति पार्टीले बुझेन
गरिबको दुःखमा तिमी त बुझ
शरिरमा लागेको रोगको किटाणुलाई
खरानी वनी बिलाप होइजान
कोरोना तिमी कस्तो कोरोना ।
जनतालाई आएको अक्सिजन राहत
मंहगो व्यपार भ्रष्टाचार देख्दा बाटो मोड्छौ
गरिवको साथ साथमा हिड्छौ
कोरोना तिमी कस्तो कोरोना ।।
लेखक : घायल जाजरकोटको कुशे गाउँपालिकाका यूवा समाजसेवी हुन् । उनी हाल मलेसियामा कार्यरत छन् ।
















































। ४ जेष्ठ २०७८, मंगलवार