
खलंगा, ४ जेठ । बारेकोट कोरोना नियन्त्रण समुहलाई एक यूवा २५ हजार सहयोग गरेका छन् । बारेकोट गाउँपालिका वडा नं ७ सुवाकोट घर भई हाल अमेरिकामा रहेका यूवा समाजसेवी यूूवराज सिंहले २५ हजार सहयोग गरेका हुन् ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि गठित समुहलाई यूवा समाजसेवी विष्णु महरको विशेष पहल सिंहले सहयोग गरेको बारेकोट कोरोना नियन्त्रण समुहका सदस्य दीपक खड्काले जानकारी दिए ।
अमेरिकामा रहेका सिंह सुवाकोट स्थित विष्णुबहादुर सिंहका छोरा हुन् । समाजसेवामा रुचि राख्ने उनी एक कुशल भलिवल खेलाडी समेत हुन् । कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि लोकेन्द्र गौतमको संयोजत्वमा ५ सदस्सीय कोरोना नियन्त्रण समुह बनाई बारेकोटका यूवाहरुले आर्थीक संकलन गरिहेका छन् ।
अक्सिजन सिलिण्डर र आवश्यक औषधी खरिदका लागि बारेकोट गाउँपालिका भित्रका समाजसेवी, वुद्धिजिवी, शिक्षक, रानितीक दल लगायत अन्य व्यक्तिहरु संग आर्थीक संकलन गरिहेको संयोजक लोकेन्द्र गौतमले बताए । ‘बारेकोट गाउँपालिकामा मौसमी रुघाखोकीका विरामी बढीरहेका छन्, किट अभावले परीक्षणको दायरा बढाउन गाउँपालिकाले सकिरहेको छैन्, किट, अक्सिजन सिलिण्डर र औषधी खरिदका लागि हामीले सहयोगी मनहरुको सहयोग मागीरहेका छौँ, गौतमले भने ।’
‘परिक्षणको दायरा बढाई गाउँपालिकामा कोरोना फैलिन नदिन हामीले समुह बनाई काम गरिहेका छौं, उनले थपे ।’ हाल सम्म उठेको रकमले अवको एक हप्ता भित्र औषधी, अक्सि सिलिण्डर र किट खरिद गरी बारेकोट गाउँपालिकालाई हस्तान्तरण गरिने अर्काे सदस्य वीरेन्द्र बस्नेतले बताए ।
‘हाम्रो यस अभियानमा बारेकोटको भलो चाहाने, जनताको सेवामा खटिने, कोरोनाको परीक्षणको दायरा बढाई समुदायमा कोरोना फैलन नदिन सोच्ने मनकारी व्यक्तिहरुलाई सहयोगको अपिल समेत गर्दछु, बस्नेतले भने ।’ अहिले सम्म सहयोग गर्ने सबै मनकारी व्यक्तिहरुलाई धन्यवाद समेत बस्नेतले व्यक्त गरे ।
हाल सम्म सहयोगीताहरुताहरुको नामावली ः
१. विमला रोकाय बारेकोट १० हजार
२. प्रेमबहादुर सिंह सुवाकोट बारेकोट ७ हजार
३. देवेन्द्र शाही बारेकोट रुमसिल २ हजार
४. गंगा रोकाय बारेकोट २ हजार
५. पदम बोहरा सिनाकोट बारेकोट १५ सय
६. रंगबहादुर आ.सी. बारेकोट १५ सय
७. दिपेन्द्र गौतम बारेकोट, सक्ला २ हजार
८. प्रवेश नेपाली बारेकोट, सक्ला ३ हजार
९. शिव विश्वकर्मा बारेकोट, सक्ला १५ सय
१०. राजेन्द्र विक्रम शाही बारेकोट, नायकवाडा १५ सय
११. घमण्ड राज गिरी बारेकोट, नायकवाडा २१ सय १
१२. कर्णराज सिंह बारेकोट,नायकवाडा २ हजार
१३. यूवराज सिंह बारेकोट,सुवाकोट हाल अमेरिका २५ हजार
१४. तुल्सीराम थापा कोटजहारी रुकुम ३५ सय ५
१५. विष्णु महर बारेकोट कालाखोली २ हजार ५ सय ५
१६. धनबहादुर नेपाली बारेकोट,लिम्सा २ हजार पिस मास्क
१७. नरेन्द्र सिंह बारेकोट गैरागाउँ १५ सय
१८ धर्मराज ज्योती÷विङ्गना योगी (ज्योती) बारेकोट रामीडाँडा हाल कोहलपुर ५ हजार
१९. ओमबहादुर डाँगी, जुम्ला १५ सय
















































। ४ जेष्ठ २०७८, मंगलवार