कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने अनुमान

सुर्खेत, २ जेठ । चालु आर्थिक वर्ष २०७७÷७८ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क बिभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो प्रदेशको आर्थिक वृद्धिदरमामा उल्लेख्य सुधार हुने अनुमान गरिएको हो । गत बर्ष ०.७ प्रतिशत आर्थिक वृद्धिरदर रहेकोमा यो बर्ष बढेर ३.६ प्रतिशत रहने अनुमान गरिएको छ । कुल ग्रह्यस्त उत्पादनमा भने सबैभन्दा कम कर्णालीको योगदान रहेको देखिएको छ । कर्णालीको कुल ग्रह्स्त उत्पादनमा ४ प्रतिश रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

गत बर्षको कर्णालीको योगदान ४.१ थियो । सात वटै प्रदेशको आर्थिक वृद्धिदर साढे ३ प्रतिशतभन्दा माथि रहने भएको छ । देशको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने अनुमान केन्द्रिय तथ्यांक विभागले गरेको छ । आर्थिक वृद्धिदरलाई प्रदेशअनुसार विभाजन गरी विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष सबै प्रदेशले साढे तीन प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिदर प्राप्त गर्नेछन् ।

यसमा सबैभन्दा राम्रो वृद्धिदर बागमति प्रदेशको हुने देखिएको छ । तथ्यांकअनुसार चालु आवमा बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा बढी ४.७ प्रतिशत रहने छ । भने दोश्रो स्थानमा लुम्बनी रहने छ । यो वर्ष लुम्बिनीको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान विभागले गरेको छ । सबैभन्दा कम आर्थिक वृद्धिदर सुदुर पश्चिमको ३.५ प्रतिशत रहने छ । अनलाईन जागरण बाट साभार गरिएको

तपाईको प्रतिक्रिया