
खलंगा, २ जेठ । कुशे गाँउपालिका ५ दम्दाला गाँउका अधिकांश मानिसहरु विरामी परेका छन् । ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहित गाउँको मानिसहरु थला परेका हुन् ।
गाँउभरी ज्वरो र रुघाखोकीका विरामीले मानिसहरु लखतरान परेकोे स्थानिय कमल थापाले बताए । दम्दालामा मात्र १ सय ८० घरधुरी छन् । उनले सामाजिक सञ्जालमा पोष्ट गदै भनेका छन् ‘ पुरै गाँउ ज्वरो, रुघाखोकीले थला परेको छ, कहाँ छ स्थानीय सरकार, खोइ कोभिड–१९ चेक, खोइ उपचारमा सहयोग ।’ कोरोनाको जस्तै लक्ष्यण भएकोले स्थानिय त्रसित भएको उनको भनाई छ । सामान्य ज्वरो, रुघाखोकी र टाउको नदुख्ने समस्या नभएको कोही छैन । बच्चा देखि बृद्धबृद्धा सवै प्रभावित भएको थापाले बताए । उनले स्थानिय सरकारले उपचारमा सहयोग नगरेको गुनासो गरे ।
घरघरै विरामी छन् । विरामी नहुने घरै छैन सवै थला परेका छन् अर्का स्थानिय निर्माला थापाले बताईन । उता गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आइतवार मात्र किट आइपुगेकोले स्वास्थ्यकर्मी सहितको टोली परिक्षण उपचारका लागि सोमवार त्यहाँ जाने बताए । प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीले दमदालामा गाँउभरी ज्वरो र रुघाखोकीले थला परेको भन्ने सुचना आएको बताउँदै कोरोना हो कि अन्य भाइरल रोग हो छिटै पहिचान गर्ने ब्यवस्था मिलाईने बताए । प्रवाह डटकम बाट साभार गरिएकाे
















































। २ जेष्ठ २०७८, आईतवार