हुम्लाको अदानचुली गाउँपालिकाको सेवा बन्द

जेठ ९ गते सम्म विकास  निर्माणको काम पनि रोकिने

No description available.

मोहनसिंह बुढा
हुम्ला, २ जेठ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अदानचुली गाउँपालिकाले आईतबार देखि पुर्णरुपमा सेवा बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको कार्यालयमा उपाध्यक्ष सौमती रावलको अध्यक्षतामा बसेको सर्र्वदलिय सर्वपक्षिय बैठकले पुर्णरुपमा बन्द गर्नुको विकल्प नरहेकाले आइतबार देखी पुर्णरुपमा सेवा बन्द गर्ने निर्णय गरिएको उपाध्यक्ष रावलले जानकारी दिईन् ।

गाउँपालिकाले एन्टीजेन परिक्षण गर्दा शनिवार २ जना संक्रमित पुष्टि भएको थियो भने आज थप ५ जनामा संक्रमण पुष्टि भएपछि आइतबार देखि पुर्ण रुपमा बन्द गरीएको उनको भनाई छ । भोली देखी गाउँपालिका वडा पालिका देखी सम्पुर्ण कार्यालयहरु बन्द गर्ने त्यहाँ राखिएका ईन्टरनेट समेत ९ गते सम्मको लागि बन्द गर्ने निर्णय भएको बताईन् ।

ईन्टरनेटका कारण मानिसहरु त्यहीं झुम्मीने भएपनि ईन्टरनेट समेत बन्द गर्ने कताईन् । संक्रमणको दर बढ्दै गएपछि यसलाई नियन्त्रण गर्नको लागि भएका पनि सबै बन्द गर्ने र अत्यावश्यक भएमा वडा अध्यक्षको सिफारीसमा जान आउन मिल्ने गरिएको छ । विकास निमार्णका कामहरु पनि केही दिनको लागि रोक्ने, पसल होटलहरु पनि ९ गते सम्म पुर्णरुपमा बन्द गर्ने निर्णय भएको बताईको छ ।

मेसीनद्धारा सञ्चालित बाहेका मानिसले गर्ने सम्पुर्ण विकास निमार्णका कामहरु बन्द गर्ने निर्णय भएको छ । आईतबार राती १२ बजे बाट बन्दाबन्दी लागु हुने भएको छ । बैठकमा उपलब्ध वडा अध्यक्षहरु,गाउँकार्यपालिकाका सदस्यहरु ,नेकपा एमालेबाट धर्मराज शाही, माओबादी केन्द्रबाट कर्ण रोकाया सुधार र नेपाली काँग्रेशबाट शेरबहादुर बुढाको उपस्थिती रहेको बताईन् ।

तपाईको प्रतिक्रिया