
खलंगा, २ जेठ । कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै कुशे गाउँपालिकाले मातहतका सवै सेवा प्रवाह बन्द गरेको छ । विश्व महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणबाट कुशे गाउँपालिका उच्च जोखिममा रहेकोले आइतबार देखि जेठ १२ गते सम्म गाउँपालिकाको कार्यालय र मातहतका वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह सवै बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
छीमेकी पालिकाहरुमा कोरोनाको जोखिम उच्च रहेको र त्यहाँको असर गाउँपालिकामा समेत पर्ने भएकोले सेवा १० दिनको लागि बन्द गरिहेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै गाउँपालिका भित्रका अत्यावश्यक सेवा खुल्ने समेत जनाईएको छ । स्वास्थ्य २४ घण्टा खुल्ने र वैंक तीन÷तीन घण्टाको अन्तरमा खुल्ने र सुचना प्रविधि सम्बन्धी सेवा पटक÷पटक खुल्ने जनाइएको छ ।

















































। २ जेष्ठ २०७८, आईतवार