जबरजस्ती करणीको आरोपमा एक युवा पक्राउ


खलंगा, १ जेठ । जबरजस्ती करणीको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुल्लु नगरपालिका १३ खातीगौडा दैलेखका २१ बर्षिय भरतबहादुर शाही रहेको प्रहरीले जानकारी जनाएको छ । शाही विगत केही समय पहिलेदेखि जाजरकोटमा जिप चलाउदै आएका थिए ।

विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी सहायक निरिक्षक निर्माण विक र जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट गएको अनुसन्धान अधिकृत सहितको संयुक्त टोलीले निज चालक शाहीलाई नलगाड नगरपालिका बाट पक्राउ गरेको हो ।

नलगाड नगरपालिकाकै १७ बर्षिय युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चालक शाहीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाजरकोटमा ल्याएर अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया