
खलंगा, २९ वैशाख । वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको छिन्चु–जाजरकोट सडक सञ्चालनमा आएको छ । अवरुद्ध भएको झन्डै १४ घण्टापछि सडक सञ्चालनमा आएको हो ।
सल्यान र सुर्खेतको सिमानामा रहेका गुर्भाकोट नगरपालिका–३ धारापानी नजिकै मंगलबार पहिरो खस्दा सडक सडक अवरुद्ध भएको थियो। सहायक बाटो खन्ने क्रममा पहिरो आएको थियो ।
पहिरो डोजर लगाएर हटाएपछि सडक सञ्चालनमा आएको गुर्भाकोट नगरपालिकाका सूचना अधिकारी मेघराज सोनीले जानकारी दिए। सडक अवरुद्ध हुँदा एम्बुलेन्स, खाद्यान्न बोकेका गाडी जाममा परेका थिए ।
















































। २९ बैशाख २०७८, बुधबार