अनेरास्ववियु राष्ट्रियताको पहरेदार किन ?


अनेरास्ववियुको पूरा अर्थ अखिल नेपाली राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन हो । यसको शाव्दिक अर्थले नेै सबै नेपाल राष्ट्रका स्वतन्त्रता प्रेमि बिद्यार्थीको साझ संस्था भन्ने जनाऊँछ । अनेरास्वबियुको स्थापना वि. स २०२२ सालमा भएको हो ।

जयतु संस्कृतिबाट सुरु भएको नेपाली बिद्यार्थी आन्दोलन २००७ सालपछि सङ्गठिन रुपमा शैक्षिक आन्दोलन लाई अगाडि बढाइएको थियो २००७ सालदेखि २०१७ सालसम्मको अवधिमा बिद्यार्थी आन्दोलनले देशको प्रजातान्त्रिक आन्दोलनमा राष्ट्रियताको संरक्षण एवं सुरक्षाको आन्दोलन तथा सामाजिक मुक्ति आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ ।

२०१७ सालमा राजा महेन्द्रले शाही शासन लादेपछि बिद्यार्थीले शैक्षिक मागहरुलाई समेत उठाउन नपाउने अवस्था भयो । फलत बिद्यार्थी आन्दोलन शासक बिरोधी आन्दोलनको रुपमा रुपान्तरीत भयो तर आन्दोलन मै तर आन्दोलनमा रहेको अनेविफेको नेतूत्वले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि पञ्चायती बिरोधि आन्दोलनलाई अगाडि वढाउन ेक्रममा स्वतन्त्र बिद्यार्थी युनियन अगाडि बढेको थियो । यसै सिलसिलामा वि. स. २०२० सालमा बिद्यार्थीहरुले वैधानिक रुपम स्वतन्त्र युनियन गठन गर्नु पर्ने माग राखेर त्रिचन्द्र कलेज बाट आन्दोलनको सुरुवात भयो ।

स्थापना कालदेखि नै सिङ्गो नेपाली विद्यार्थी आन्दोलनलाई नेतूत्व गर्दै अनेरास्ववियू आम विद्यार्थी र जनसमुदायका बिच जुझारु शक्तिशालि र लोकप्रिय बिद्यार्थी संगठन रुपमा स्थापित भएको छ । आम नेपाली जनताको राजनीति आन्दोलनमा जनताको साथी प्रजातान्त्रिक लोकतान्त्रिक गणतन्त्र संघियता प्राप्तीको लागि अनेरास्ववियुले राजनीति दलहरुभन्दा एक कदम अगाडि बढेर बलिदानि भावका साथ शान्ती आन्दोलनको झण्डा बोक्यो र यो लोकतान्त्रिक आन्दोलनको योद्धा संगठनको रुपमा स्थापित भएको छ ।

नेपाली समाजमा रहेको जातीय क्षेत्रिय लैङ्गकि वर्गीय विभेदलाई निर्मुल गर्ने र समुदायका समस्यहरुलाई समाधानका लागि आवाज दिदै आएको छ । नेपाली माथि सिमा र अन्य अतिक्रमणको विरुद्ध नेपाल बिद्यार्थीहरुलाई संगठित गर्ने र राष्ट्रियताको रक्षार्थ विभिन्न आन्दोलन तथा अभियानहरु चलाउँदै नेपाली जनतालाई जागरुप बनाउने देशभक्तिको भावना जागृत गर्ने र नेपालको नालायक शासकलाई खबरदारी गर्ने काम अनेरास्बवियुले गर्दै आएको छ ।

अनेरास्ववियुले निर्वाह गर्दै आएको भुमिका ः
१. राष्ट्रियताको पहरेदार
२. शैक्षिक आन्दोलनको नेता
३. लोकतान्त्रिक आन्दोलनको योद्धा
४. सामाजिक परिवर्तनको संवाहक शक्तिको रुपमा अनेरास्ववियु पहिचान बन्न पुग्र्दछ ।

लेखक मल्ल   : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन रुकुम पश्चिम जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया