अघोषित लोडसेडिङ्गले जाजरकोटवासी हैरान !


खलंगा, २७ वैशाख । जिल्ला सदरमुकाम खलंगामा पछिल्लो एक÷दुई महिनादेखि दैनिक लोडसेडिङ हुँंदै आएको छ । घोषित रुपमा लोडसेडिङ नभए पनि यहाँं बिजुली बत्ति जाने आउने गरेको छ ।

पाँंच, सात मिनेटको फरकमा दैनिक दर्जनौ पटक बिजुली जाने र आउने गरेको छ । स्थानीयका अनुसार यहाँं यसरी नै बिजुलीको जुहारी चल्दै आएको छ । छिनमा आउने र छिनमा जाने गरेर दिनमा दर्जनौ पटक बिजुली आउने र जाने गरेको छ । ‘कसैले पत्याउँंदै नपत्याउने गरी यहाँं दैनिक दर्जनौ पटक लोडसेडिंग भइरहेको छ, एक स्थानीयले भने ।

उनीहरुका अनुसार झण्डै एक दुई महिना अगाडिदेखि नै बत्ति नगएको कुनै दिन नै छैन, दैनिक कुनै न कुनै बेला बत्ति गईहाल्छ, कहिले बढी त कहिले कम पटक मात्रै भए पनि दैनिक बत्ति जाने आउने गरेको उनीहरु बताउँछन् । २६ गते राती ८ बजेदेखि गएको वत्ती २७ गते सोमबार दिउँसो २ बजे आएको छ ।

चौविसै घण्टा लोडसेडिङ हुदाँ जाजरकोट सदरमुकाम खलंगाका स्थानीय हैरान बनेका छन् । निषेधाज्ञाको समयमा अनलाईन कक्षा सञ्चालन भईरहेको विद्यालयका विद्यार्थी समेत विना सुचना विद्युत कटौती हुदाँ समस्या झेलिरहेको एक जना विद्यार्थीले दुखेसो पोखे । निषेधाज्ञाको समयमा टेलिभिजन, यूट्युव, अनलाईन हेर्ने सर्वसाधारण निकै मर्कामा परेका छन् । ‘कि त कार्यालयले सुचना जारी गरी यो समय देखि यो समय सम्म विद्युत अवरुद्ध हुन्छ भन्नुप¥यो हैन भने अनियमित तरिकाले किन विद्युत कटौती गरिन्छ एक स्थानीयले भने ।’

विद्युत नियमित नुहँदा स्थानीय एफ.एम. रेडियो, अनलाईन, पत्रपत्रिकालाई समेत निकै समस्या परेको नेपाल पत्रकार महासंघ जाजरकोटले जनाएको छ । यता नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्र जाजरकोटका प्रमुख विशाल लामिछानेले हावाहुरीका कारण यस्तो समस्या आएको बताए । छिनमा आउने र छिनमा जाने लोडसेडिङ यही कारणले हुने प्रमुख लामिछानेले जनाए ।

उनले भने, ‘जाजरकोट शाखामा कुनै खालको समस्या छैन, सुर्खेत वितरण शाखाका क्षेत्रमा समस्या भएका कारण कर्णालीका अन्य जिल्लामा समेत यस्तो समस्या भएको छ ।’ यसलाई सबै मिलेर समाधान तिर जाने समेत प्रमुख लामिछानेले बताए ।

तर पीडितहरु भने हावाहुरी नआए पनि छिनछिनमा बिजुली जाने गरेको बताउँंछन् । विहान, राति जुनै बेला पनि जहिले पनि बत्ति जाने गरेको उनीहरु बताउँंछन् ।

तपाईको प्रतिक्रिया