भारतको दिल्लीमा जारी लकडाउन थप एक हप्ता लम्याइयो

नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर – Clickmandu
भारतको दिल्लीमा जारी लकडाउन थप एक हप्ता लम्याईएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय भएको जानकारी दिनुभयो । यसपटकको लकडाउन थप कडा हुने उहाँले बताउनुभएको छ । लकडाउन भन्दा पहिला कोरोनाको सङ्क्रमण दर ३५ प्रतिशत रहेकोमा यसपटक घटेर २३ प्रतिशतमा आएको उहाँले बताउनुभयो ।

केजरीवालले लकडाउन लम्ब्याउनु आफ्नो रहर नभई बाध्यता भएको बताउनुभएको छ । भोली देखि दिल्लीमा मेट्रो रेल पनि चल्ने छैन । यो लकडाउन १७ मे सम्म जारी रहने छ । गत अप्रिल १९ मा केजरीवालले ६ दिनका लागि लकडाउनको घोषणा गरेका थिए । त्यसपछि उक्त लकडाउन मे ३ र मे १० मा गरी दुई पटक लम्ब्याइएको थियो ।

दिल्लीका अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको र अक्सिजन र आवश्यक औषधिको पनि अभाव हुन थालेपछि सरकारले लकडाउनको घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया